२१ माघ २०८२
काठमाडौं - जति जति निर्वाचन नजिकिरहेको छ, त्यति त्यति केही जिल्लाहरु भिडन्तको जोखिम उच्च जोखिममा पर्दै गएका छन् । जहाँ जहाँबाट प्रमुख दलका शीर्ष नेताहरु उठेका छन् त्यहाँ त्यहाँ भिडन्तको खतरा उच्च बनेको सुरक्षा विश्लेषण छ । झापा, सर्लाही, रौतहट, चितवन, गोरखा र रुकुम सबैभन्दा उच्च खतरामा रहेको स्रोतको दाबी छ । जहाँ जुनसुकै बेला दलका कार्यकर्ताबीच झडप हुनसक्ने खतरा उच्च बनेको छ ।
त्यसो त झापा– ५ मा उम्मेदवारी दर्ताकै दिन रास्वपाका समर्थक र एमालेका कार्यकर्ताबीच झडप नै भएको थियो । धन्न त्यो झडपले उग्ररुप लिन पाएन। तर, मतदानको दिनसम्म पुग्दा वा मतदानकै बेलामा समेत जस्तोसुकै परिस्थिति उत्पन्न हुने भन्दै सुरक्षा निकाय हाइ अलर्टमा बसेको छ ।
५ वटा निर्वाचन क्षेत्र भएको झापाका सबैजसो क्षेत्रमा हेभ्भी वेटका नेताहरु उम्मेदवार बनेका छन् । झापा– ५ मा भने भावी प्रधानमन्त्रीका उम्मेदवार रास्वपाका वरिष्ठ नेता बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । ओलीको क्षेत्रमा बालेन धावा बोल्न आएको भन्दै यहाँ एमालेका कार्यकर्ताले रास्वपाका कार्यकर्ता र समर्थकमाथि दागा धर्दै आएका छन् । समाजिक सञ्जालमा बालेनमाथि आक्रमण गर्नेसम्मको अडियो समेत सार्वजनिक भएको थियो । जसले यो क्षेत्रमा उच्च सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ । झापा जिल्ला भरी ९५ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेर सुरक्षा निकायले निगरानी गर्दैछ ।
भिडन्तको उच्च जोखिम भएको अर्को जिल्ला हो, सर्लाही । त्यसमा पनि क्षेत्र नम्बर ४ । जहाँबाट नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार बनेका छन् भने उनलाई रास्वपाबाट उम्मेदवारी दिएका अमरेश कुमा सिंहले टक्कर दिदैछन् । आफ्नो भाग खान आए झै गरेर गगनप्रति आक्रोश पोख्दै आएका अमरेश चुनाव जित्न अनेकन हत्कण्डा गर्दैछन् । सर्लाही जिल्लाभरीका १५८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा निकायले विशेष निगरानी गर्दैछ ।
यस्तै ३ वटा निर्वाचन क्षेत्र भएको चितवन पनि भिडन्तको खतरामा रहेको जिल्लाको सूचीमा छ । जहाँको खासगरी २ वटा निर्वाचन क्षेत्र, क्षेत्र नम्बर २ र ३ लाई लिएर सुरक्षा निकाय सतर्क बनेको छ । चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने उम्मेदवार बनेका छन् भने ३ मा रास्वपा नेतृ सोविता गौतम र नेकपाकी नेतृ तथा भरपुर महानगरकी पूर्व मेयर रेणु दाहालबीच कडा भिडन्त हुँदैछ । भिडन्त जति रोचक हुनेवाला छ, त्यति नै सुरक्षा खतरा पनि उच्च बनेको सुरक्षा विश्लेषण छ ।
यस्तै ४ वटा निर्वाचन क्षेत्र रहेको रौतहट पनि उच्च खतरामा छ । क्षेत्र नम्बर १ बाट माधव नेपाल उम्मेदवार छन्, ३ बाट प्रभु शाह, ४ बाट ऋषि धमला उम्मेदवार छन् । रौतहट जिल्लाभरीका १५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा निकायले विशेष निगरानी गर्दैछ ।
यस्तै २ वटा निर्वाचन क्षेत्र भएको गोरखा पनि खतराको सूचीमा छ । गोरखा १ सुदन गुरुङ र २ मा चक्रे मिलनजस्ता उम्मेदवार यो जिल्लामा खडा भएका छन् । यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको रुकुम पूर्व र माओवादी छाडेका जर्नादन शर्मा उम्मेदवार बनेको रुकुम पश्चिमलाई पनि सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ । प्रहरीको आन्तरिक रिपोर्टअनुसार देशभर अति संवेदनशील मतदानस्थलहरू ३ हजार ६८० छन् । सुरक्षा संवेदनशीलताको हिसाबले सबैभन्दा चुनौतीपूर्ण मधेश प्रदेशलाई लिइएको छ । मधेशका आठ जिल्लामा मात्रै १ हजार २४६ अतिसंवेदनशील मतदानस्थलहरु छन् । जहाँ सेनासहितको सुरक्षा निकायले निगरानी गर्नेछ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया