१४ कात्तिक २०८२
काठमाडौँ - बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ ।
यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।
भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जेनजीलाई अघि राखेर नेताको सातो खाइन सुशिलाले, ५ घण्टाको छलफलपछि भनिन्- हेर्दै जानुस के के गर्छौ ?
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन
निजामतिको गेटमा नर्सहरूको धर्ना
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
सुशिलाको साथपछि फेरि सुकुम्बासी हटाउन अघि बढे बालेन, खालि गर्न दिए ७ दिने अल्टिमेटम
कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
ओली र माधव मिल्दा माओवादी र समाजवादी फुट्दै, झलनाथ र घनश्यामले मागे राजीनामा
बालुवाटारमा नेताहरुको सात्तो खाइन सुशिलाले, भ्रष्टचारको फाइल खोल्दै सबलाई थुन्ने
प्रतिक्रिया