३१ जेठ २०८३
काठमाडौँ - विगत १२ वर्षको अवधिमा मुलुकभर ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सडक विभागअन्तर्गत कालोपत्रे भएको सडकको स्थिति देखाएको हो ।
उक्त अध्ययन अनुसार कालोपत्रेबाहेक अतिरिक्त ७ हजार ६ सय ६९ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ६ हजार १ सय ८० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ । साथै, यस अवधिमा सडक सञ्जाललाई जोड्न देशभर १ हजार ६ सय ८७ वटा पुलहरूको निर्माण कार्य समेत सम्पन्न भएको छ ।
सबैभन्दा धेरै कालोपत्रे आर्थिक वर्ष २०८१/ ८२ मा १ हजार २ सय ३५ किलोमिटर र २०७६र७७ मा १ हजार ५९ किलोमिटर भएको देखिन्छ ।
१२ वर्षको अवधिमा कुल ७ हजार ६ सय ६९ किलोमिटर ग्राभेल भएकोमा आव २०७४/ ७५ मा सबैभन्दा बढी १ हजार ३ सय १३ किलोमिटर सम्पन्न भएको थियो ।
आव २०७०/ ७१ मा १ हजार ९ सय ८० किलोमिटर नयाँ ट्र्याक खोलिएको थियो, जुन पछिल्ला वर्षहरूको तुलनामा उच्च हो ।
१२ वर्षमा कुल १ हजार ६ सय ८७ पुल निर्माण भएका छन्, जसमा आव २०७६र७७ मा सबैभन्दा बढी २ सय ९० वटा पुल बनेका थिए ।
चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरण अनुसार सडक पूर्वाधारतर्फ ९ सय ८ किलोमिटर कालोपत्रे गर्ने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म १५९ किलोमिटर ९१७।५० प्रतिशत० प्रगति हासिल भएको छ । त्यस्तै, ५१।५ किलोमिटर माटे सडकको लक्ष्यमा ३२ किलोमिटर ९६२।१४ प्रतिशत० सम्पन्न भइसकेको छ ।
उक्त अध्ययन अनुसार पुस मसान्तसम्ममा ४६ वटा पुलहरूको निर्माण सम्पन्न भएको छ, जुन वार्षिक लक्ष्यको २८।४० प्रतिशत हो । सरकारले राष्ट्रिय गौरवका आयोजना र अन्य रणनीतिक सडकहरूको निर्माणलाई प्राथमिकता दिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया