२३ असोज २०८२
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी रहनेछ । भोलि दिउँसो १ बजे बैठक बस्ने महतले बताएका छन् ।
‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने ।
त्यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ । ‘बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ महतले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया