१३ कात्तिक २०८२
काठमाडौं– कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लखेटिएका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पार्टी एकता गर्न ठिक्क पर्दा दुबै दलमा पहिरो जाने खतरा बढेको छ। भुइको टिप्न खोज्दा पोल्टा समेत पोखिने अवस्था बनेको छ।
पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय मात्रै होइन चुनाव चिन्ह र नाम समेत करिव टुंगोमा पुगेको अवस्थामा एकिकृत समाजवादीका नेताहरुले माधव नेपाललाई पर्टी फुटाएर एकता नगर्न चेतावनी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकता स्विकार्न नसकिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने धम्की दिएका छन् । उनीहरुले केन्द्रिय कमिटीको बैठकमै पार्टी चलाउन सकिन भनेर लुरुलुरु माओवादीसँग मिल्न जाने कुरा कुनै हालतमा स्विकार्य नहुने प्रष्ट पारेका छन् ।
सम्मानित नेता खनालले आफ्नो पार्टी बनाउन नसकेर माओवादीमा जान नमिल्ने बताएका छन्। एमाले फुटाएपछि यो पार्टी बनाउन नसक्ने, बैठक गर्न पनि हजार दुई हजार उठाएर दरिद्रता देखाउने, जनताको बीचमा नजाने अनि, प्रचण्डको काखमा जाने ? जिम्मा लिनुहुन्छ हिजोको जनयुद्धको ? केके जिम्मा लिएर माओवादीसँग एकता गर्नुहुन्छ ? भोलि केका लागि जाने ?’ भन्दै अध्यक्ष नेपालविरुद्ध आक्रोश उनले आक्रोश पोखेका छन् ।
त्यति मात्रै होइन नेता खनालले केन्द्रिय समितिको बैठकमै अध्यक्ष माधव नेपालको राजीनामा मागेका छन् । भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै उनले नेपालमाथि आक्रोश पोखेका छन् ।
महासचिव घनश्याम भुसालले भने माओवादीमा जाँदा केहीले टिकट पाए पनि अधिकांश नेताहरुको सत्यानाश हुने र सम्पूर्ण रुपमा ड्यामेज हुने दाबी गरेका छन्। उनले माओवादीसँगको एकताका लागि एउटा शर्त राखेका छन्– त्यो हो माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वबाट बिदा हुनुपर्ने । जुन शर्त मान्न दुबै नेता तयार छैनन् ।
पार्टी एकताको विषयले एकिकृत समाजवादीमा मात्रै होइन माओवादी भित्र पनि भाडभैलो मच्चिरहेको छ । जनार्दन शर्मासहितका नेताहरु पार्टी एकता गर्न नहुने पक्षमा छन् । उनीहरु माओवादी ब्रान्ड छाड्न नहुने र आफ्ना एजेन्डा भुल्न नहुनेमा जोड दिदै आएका छन् । प्रचण्डको कार्यशैलीप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मानिकट नेताहरू सन्तुष्ट छैनन्। नेतृत्व छाड्न दबाब बढेपछि केन्द्रीय कमिटी भङ्ग गरेर आफैँलाई संयोजक तोकेका थिए ।
तर, मंसिरमा महाधिवेशन गर्ने भनिएपछि त्यसअघि नै नेकपा एससँग एकता गरेर नेतृत्वमा रहिराख्ने प्रचण्डको रणनीति छ। जसका कारण माओवादी भित्र पनि विद्रोहको तयारी भइरहेको छ । त्यसैले भुइको टिप्न खोज्दा प्रचण्ड र माधब नेपालले पोल्टाको समेत गुमाउने खतरा बढेको छ ।
पाँच वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई
बैंक खातामा निष्क्रिय रकम राज्यले खोस्ने, कति छ बैंकहरुमा थुप्रिएको निष्कृय रकम
श्रम कार्यालयमा असुली धन्दा बन्द, अब आवेदन दिएकै दिन श्रमस्विकृति दिइने
को–को छन् बालेनको सचिवालयमा ?
इलामको बागखोरमा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली
सर्वोच्चमा ओली पत्नी राधिकाको निवेदन
अपार्टमेन्टमा बसिरहेका बेला समातिएका थिए ऊर्जामन्त्री खड्का
केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी
पक्राउ परेका ओली अस्पतालमै बस्ने, अदालत खुलेपछि कानुनी उपचारमा जाने
प्रतिक्रिया