०५ माघ २०८२
काठमाडौं- गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेले गुन्डा नाइकेलाई टिकट दिएपछि चक्रे मिलनविरुद्ध चुनाव लड्न विश्राम लिएका बाबुराम भट्टराई आफै मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपटक आफैँ मैदानमा उत्रिने भएका छन् ।
भट्टराईले २०७० र २०७४ सालको चुनावमा गोरखा २ बाट जितेका थिए । २०७९ को चुनावमा उनले प्रचण्डलाई समर्थन गरेका थिए । यसपटक भट्टराई आफैँ मैदानमा उत्रिदा गुन्डा नाइके चक्रे मिलनसँग उनले प्रसितस्पर्धा गर्नु पर्ने भएको छ । एमालेले ‘गुन्डा नाइके’ को पहिचान बनाएका चक्रे मिलनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अरूलाई उठाउँदा जित्ने सम्भावना नदेखिएको र युवा जमातलाई आकर्षित गर्न चक्रेलाई अघि सारिएको एमाले नेताहरु बताउँछन्। यद्यपि, एमालेभित्रै विवादित छविका व्यक्तिलाई टिकट दिइएको भन्दै आलोचना र असन्तुष्टि समेत बढेको छ।
यता, माओवादी केन्द्रबाट नेकपा बनेका ले भने ‘बौद्धिक नेता’ को छवि बनाएका लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने पक्का गरेको छ । विद्यार्थी राजनीतिको पृष्ठभूमिका लेखनाथले अहिलेसम्म ११ किताब लेखेका छन् । उनी आफ्नै राजनीतिक गुरु बाबुराम भट्टराई र गुन्डा नाइकेसँग चुनावी प्रतिस्र्धा गर्दैछन् । रास्वपाले भने महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उठाउने तयारी गरेको छ । उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। आक्रामक संगठन विस्तार र नयाँ दलप्रतिको आकर्षणले आफ्नो जित निश्चित रहेको रास्वपाको दाबी छ । यद्यपी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाले आफूलाई अभिभावकका रुपमा समर्थनक गर्ने आशा ब्यक्त गरेका छन् ।
यता कांग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन्। गुन्डा नाइकेदेखि, पूर्वप्रधानमन्त्रीसम्म, लेखकदेखि पार्टीका महामन्त्रीसम्म चुनावी मैदानमा उत्रिएसँगै गोरखा–२ को निर्वाचन निकै रोचक हुने देखिएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया