२२ वैशाख २०८३
काठमाडौं - जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाएको छ ।
मंगलबार ९वैशाख २२० देखि अर्को सूचना नहुन्जेलसम्मका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको सूचनामा भनिएको छ, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम बीपी राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको अवस्थालाई मध्यनजर गरी आज वैशाख २२ गते सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति सिन्धुलीको मिति २०८३र०१र२२ को बैठकबाट पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको छ ।”
िउक्त अवधिपश्चात् पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने पनि उल्लेख छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया