१७ मंसिर २०८२
काठमाण्डौ – लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।
आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा धेरैको सहभागीता रहनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरूलगायतका प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी बताए ।
कार्यक्रममा विभिन्न देशका तीन जना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उनले बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया