३१ जेठ २०८३
काठमाडौं- दर्शकवृन्द, एक पटक यो दृश्यलाई हेर्नुहोस् त । यो दृश्य कुनै चलचित्रको सुटिङ होइन, न त यो कुनै भवितव्य दुर्घटना नै हो। यो त राज्यको शक्ति र वर्दीको आडमा देखाइएको दादागिरी हो । जसले मानवियताको समेत चिरहरण गरेको छ । कैलालीको गोदावरीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले एउटा टेम्पोलाई भिरबाट यसरी खसाले, मानौँ उनीहरूले कुनै शत्रुको किल्ला ध्वस्त पार्दै छन्। तर उनीहरूले बिर्सिए, त्यो टेम्पो मात्र थिएन, एउटी गरिब आमाको चुल्हो बाल्ने सहारा थियो।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले यहि टेम्पोबाट गुजारा चलाउँदै आएकी थिइन । उनले अनेकौ हारगुहार गर्दा पनि आफ्नो टेम्पोलाई बनका कर्मचारीलाई भीरबाट खसालिदिएको धामीले बताइन् । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिएका हुन् ।
जनताको सम्पत्ति भीरबाट खसालेर सिध्याउने कर्मचारीको बचाउनमा डिभिजन वन कार्यालय कैलालीले जुन विज्ञप्ति जारी गरेको छ, त्यो झनै घिनलाग्दो देखिएको छ । कार्यालयले विज्ञप्तिमार्फत निर्लज्ज भएर भनेको छ– टेम्पो पछाडि सार्ने क्रममा असन्तुलित भएर आफैँ खस्यो। के यो भिडियोमा ती कर्मचारीले टेम्पो तानेको वा जोगाउन खोजेको देखिन्छ र, स्पष्ट छ, उनीहरूले पूरै तागत लगाएर धक्का दिएका छन्। सरकारी कागजमा कोरिएको यो झुटले प्रष्ट पार्छ कि हाम्रा सरकारी निकायहरू कतिसम्म भ्रष्ट र निर्लज्ज हुन सक्छन्। आँखा अगाडि बलिरहेको सत्यलाई छोप्न आफैँ खस्यो भन्नु जनताको चेतना र विवेकमाथि गरिएको भद्दा मजाक हो। विज्ञप्तिमा भनिएको छ– टेम्पो चल्ने अवस्थामा थिएन। यदि चल्ने अवस्थामा थिएन भने पनि के त्यसलाई जफत गर्ने वा अन्य ठाउँमा सुरक्षित राख्ने कानुनी प्रक्रिया थिएन । के कानुनले वन कर्मचारीलाई विध्वंशक बन्ने अधिकार दिएको छ।
डिभिजन वन अधिकृत रामविचारी ठाकुर भन्छन– आवेगमा त्यस्तो भएको हुन सक्छ। हाकिम साब तपाईंको आवेगले एउटी महिलाको रोजीरोटी भिरबाट खस्दा उनको परिवारको पेटमा कति ठूलो चोट लाग्यो, के चुरे संरक्षण भनेको गरिबका सपनाहरूलाई भिरबाट गुडाउनु मात्रै हो । यो केवल एउटा टेम्पो खसालिएको घटना होइन, यो त राज्यले नागरिकको भरोसालाई भिरबाट खसालेको हो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया