०४ मंसिर २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ ।
न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन व्यवसायीले स्थगित गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छवि उच्च अदालत गएका थिए ।
त्यस्तै आज उच्च अदालत बुटवलमा तोकिएको पेशी पनि स्थगित भएको छ । बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेसी तोकिएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया