१० पुस २०८२
काठमाडौं– केहि दिन भित्रै बालेन शाहले मेयरबाट राजीनामा दिए र औपचारिक रुपमा दलको नेतृत्व गर्दै फागुन २१ का लागि चुनावी मैदानमा उत्रिए अनौठो नमाने हुन्छ ।
किनकी रास्वपा सभापति रवि लामिछानेसँगको वार्ता ठोस निष्कर्षमा नपुगेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अघि बढाएका छन् । त्यसैअनुरुप उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग ३० जनाभन्दा धेरैसँग छलफल गरेका छन् ।
ललितपुरको कुपण्डोलस्थित एक घरमा बुधबार राति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल बिहीबार पनि जारी रहेको स्रोतले जनाएको छ । बालेनले आफ्ना साथी कुमार बेनको ललितपुरस्थित घरमा बुधबार दिनभर चिकित्सक डा. भगवान कोइरालादेखि राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतसम्मलाई भेटेका हुन् ।
महानगरका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको बैठकमा पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाललाई भेटेका छन् । उनले कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला लगायतसँग पनि बेग्लाबेग्लै भेट गरेका थिए।
बालेनका सहयोगीहरुले देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, यसको चुनाव चिह्न लौरो छ । यहि लौरो लिएर बालेन चुनावी मैदानमा उत्रिने तयारीमा छन । भेटमा सहभागी धमलाका अनुसार बालेनले आफ्नै नेतृत्वमा दल बनाउँदै चुनावमा जाने प्रष्ट संकेत गरेका छन् । उनले आफू निर्वाचनमा सहभागी भएको अवस्थामा झापा क्षेत्र नम्बर ५ बाट उठ्ने भन्दै धमलालाई तपाई कहाँबाट उठ्ने भन्दै प्रश्न गरेका थिए । झापाको क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । उनी २०७९ को निर्वाचनसहित पटक पटक यहि क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । ओलीलाई हराएर चुनाव जित्नुको मज्जा बेग्लै हुने भन्दै उनले आफू निकटका ब्यक्तिहरुसँग पनि चुनाव लडे ओली कै निर्वाचन क्षेत्रबाट लड्ने बतउँदै आएका छन् ।
भेटमा सहभागी अर्का एक ब्यक्तिका अनुसार भेटघाटका क्रममा रास्वपा सभापति रवि लामिछानेसँग सोमबार बेलुकी ७ बजेदेखि राति १ बजेसम्म भएको कुराकानीबारे समेत बालेनले ब्रिफिङ गरेका थिए । ‘रविजीसँग एककिसिमको छलफल भएको थियो, तर ठोस प्रस्ताव आएन,’ बालेनको भनाइ उद्धृत गर्दै ती ब्यक्तिले भने, ‘अहिलेलाई बेग्लै तरिकाले अघि बढ्ने गरी कुराकानी भइरहेको छ ।’ भेटघाटका क्रममा बालेनले रविसँग चुनावी सहकार्यबारे थप छलफल हुनसक्ने भए पनि आफू लगभग नयाँ तरिकाले अघि बढ्ने निष्कर्षमा पुगेको सुनाएका छन् ।
रास्वपा नेताहरुले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न सकिने विकल्पबारे समेत छलफल गरेका थिए । तर, दुईबीच भएको भेटवार्ताको अर्को दिन रविले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै त्यो चरणमा संवाद प्रवेश गरिनसकेको बताएका थिए । उनले आ–आफ्नो संवाद अनुसार विषय व्याख्या गरिएको भन्दै अरु शक्तिसँग पनि छलफल भइरहेको बताएका थिए ।
गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए । तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको प्रष्ट संकेत गरेका छन् । बरु उनले आफ्नो पार्टीमा उर्जामन्त्री कुलमान घिसिङलाई ल्याउन जोड गरिरहेका छन् । त्यसका लागि उनले छलफल समेत अघि बढाएका स्रोतले जनाएको छ ।
कुलमान भने उज्यालो पार्टीको संरक्षक बनेर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । यद्यपी कुलमानले बुधबार मात्रै आफ्नो सय दिने कार्यअवधिको प्रगति विवरण सार्वजनिक गर्र्दै नयाँहरु मिल्नु पर्नेमा जोड दिएका थिए ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया