०१ फागुन २०८२
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।
चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको ४० दशमलव ८ प्रतिशत बराबर हो ।
चालूगत शीर्षकमा यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा ४७ दशमलव ६२ प्रतिशत अर्थात् ५ खर्ब ६२ अर्ब ३७ करोड १५ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
त्यस्तै पूँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५ दशमलव ६२ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६ दशमलव ७१ प्रतिशत छ । यो शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा १ खर्ब ७५ अर्ब २७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४ दशमलव ४९ प्रतिशत प्रगति भएको छ ।
अहिलेसम्म ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ बराबर राजस्व उठेको छ । कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २१ प्रतिशत अर्थात् ५ खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२ दशमलव ५५ अर्थात् ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबर असुली भएको छ ।
चालू आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो । माघ मसान्तसम्ममा १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया