२५ जेठ २०८३
काठमाडौं- राज्यको ढुकुटीबाट तलव भत्ता कुटुकुटु खाने तर विदामा नाममा विदेशमा वेपत्ता हुने । यस्ता निजामति कर्मचारीको संख्या ७ हजार भन्दा धेरै रहेको पाइएको छ ।
राष्ट्रको सेवा गर्छु भन्दै सपथ खाएने तर सरकारी तलव भत्ता खाएर वेपत्ता हुने कर्मचारीहरुको खोजीमा जुटेको बालेन शाह नेतृत्वको सरकारले यस्ता कर्मचारीलाई धमाधम बर्खास्त गर्ने तयारी गरेको छ ।
अध्ययन बिदा लिने, राज्यबाट तलब सुविधा बुझ्ने, तर बिदा सकिएपछि काममा नफर्कने । कतिपय विदेश पलायन भए, कतिपय राजीनामा नै नदिई भगौडा बने । कहाँ छन् ती सात हजार ५९ निजामती कर्मचारी जसले राज्यलाई दुहुनो गाई बनाएका छन् ।
निजामती किताबखानाको रेकर्डले भन्छ, ७ हजार ५९ कर्मचारी अहिले बिदामा छन् । तर ती कहाँ छन्रु के गर्दैछन्रु र बिदा सकिएपछि किन फर्किएनन्रु यसको जवाफ न सरकारसँग छ, न त किताबखानासँग । तलबी अध्ययन बिदा लिएका ४ हजार १ सय ३२ जना कर्मचारीको अहिले कुनै अत्तोपत्तो छैन । तीमध्ये कतिले विदेशमा पिआर लिए, कतिले उतै घरजम गरे तर सरकार बेखबर छ ।
वर्षौदेखि चलिरहेको यो बेथितिलाई चिर्न बल्ल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडा कदम चालेको छ । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जेठ २१ गते तीन दिन भित्र हाजिर अध्यावधिक गराउन र बिदा विवरण बुझाउन अल्टिमेटम दिएकी थिइन । यो अवधिमा सम्पर्कमा नआएका र हाजिर अध्यावधिक नगरेकाहरुलाई बर्खास्त गर्नेसम्मको तयारी सरकारले गरेको छ। पहुँचवालाहरूले शक्तिको आडमा विदेश जाने र उतै हराउने प्रवृत्तिले इमानदार कर्मचारी मारमा परेका छन् । हाकिम रिझाएर र राजनीतिक शक्ति प्रयोग गरेर बिदा लिने प्रवृतिले कर्मचारीतन्त्रलाई खोक्रो बनाइरहेको छ ।
निजामती सेवा ऐनले ३ देखि ५ वर्षसम्म अध्ययन बिदा दिन्छ । तर, सर्त एउटै हुन्छ । अध्ययनपछि फर्किएर देशको सेवा गर्ने । तर, अध्ययनको बाहानामा जाने सरकारी तलव पनि खाने र उतै बेपत्ता हुने कर्मचारीको संख्या हजारौंमा छ । अध्ययन बिदामा गएका कर्मचारीहरूले ६–६ महिनामा प्रगति विवरण बुझाउनुपर्ने नियम छ, तर कसैले टेरेका छैनन् । मन्त्रालय र विभागहरूले पनि आफ्ना कर्मचारी कहाँ छन् भनेर खोजी नगर्नुले सेटिङको आशंकालाई बल पु¥याएको छ ।
अहिले मन्त्रालयले कारबाहीको डण्डा चलाउन खोजेको छ । भगौडा कर्मचारीको विवरण संकलन सुरु भएको छ । यदि विवरण नआए वा काममा नफर्किए उनीहरूलाई सेवाबाट हटाउने र खाएको सेवा–सुविधा असुलउपर गर्ने तयारी छ । राज्यमाथि गद्दारी गर्नेहरु एक एकमाथि कारबाही गर्नेगरी सरकार आक्रामक बनेको छ ।
निजामती कर्मचारीले जस्तै त्रिभुवन विश्वविद्यालयका ३ सय प्राध्यापक वेपत्ता भएका छन् । अध्ययन बिदामा गएका ३ सय ९८ प्राध्यापकमध्ये झन्डै ३ सय जना बेखबर रहेको पाइएको छ । राज्यको ढुकुटीबाट वार्षिक करोडौं तलब÷भत्ता खाने, तर विदेशी विश्वविद्यालयमा डलर कमाउन व्यस्त रहने यी प्राध्यापकहरूले त्रिविलाई २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति पु¥याएका छन् ।
शिक्षा मन्त्री सस्मित पोखरेलको शब्दमा भन्ने हो भने– यो आर्थिक मात्र होइन, शैक्षिक र नैतिक अपराध पनि हो । त्रिविको दबाबपछि ४४ जनाले ११ करोड त फिर्ता गरे, तर अझै करोडौँ रकम भगौडा प्राध्यापकहरूको खल्तीमा छ । यसअघिका सरकारहरु कति वेमतवी र लाचार थिए भन्ने कुरा यो घटनाले पनि पुष्टि गर्छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया