१२ साउन २०८२
सिन्धुली, सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार खोज्न समस्या भएको छ । घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।
उनले हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँभन्दा बढी हुन जान्छ ।
वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।
उर्मिला माझीको श्रीमान् गत वर्ष बित्नुभएको थियो । उहाँको जेठो छोरा वैदेशिक रोजगारीबाट हालैमात्र घर फर्किएको मैले थाहा पाएँ । चार दिनअघि बैठकबाट सामाजिक सुरक्षा भत्ता एकमुष्ट बुझेर लगेका थिए । उर्मिला माझीको परिवारले १८ जनाको भत्ता बुझेको हो । महिनाको ४ हजारको दरले एक वर्षको एकजनाको ४८ हजार हुन्छ । १८ जनाको कति भयो मैले अहिले ठ्याक्कै हिसाब गर्न सक्दिन । अब यो परिवार किन हरायो रु कहाँ गयो रु कसैले भवितव्य पो गरेको हो कि रु केही भन्न सकिन्न । कहिले हराएको हो पनि भन्न सकिएन । किनकी घरभन्दा पारी एउटा गोठमा पाडो बाँधेको रहेछ । तीन दिनदेखि पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज नजिकको दाइले घरमा आएर हेर्दा कोही देख्नुभएनछ ।
उहाँहरूको घरबाट अरु घर जान १५ मिनेट लाग्छ । मूलबाटोमा पनि नपर्ने भएकाले कसैले थाहा पाएन । अब उहाँहरू तीन दिनदेखि हराएको हो कि, हिजो राति हराएको हो कि,केही घटना भयो भन्ने बुझिएन । घरमा बाँधेका गाइबस्तु भोकले कराएका छन् । कुखुरा बाख्रा पनि छन् । तीन दिनअघि बोको पनि बेच्नु भएको रहेछ । घरमा अलिकति आगो लागेको छ । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् । बैंक र सहकारीमा अलिकति ऋण थियो भन्ने सुनिन्छ । केही प्लान गरेर हिँडेका हुन् वा कुनै विपत्ति आएको हो भन्ने अहिले नै भन्न सकिएन । उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता छन्, अहिलेसम्मको अपडेट यही हो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया