०६ वैशाख २०८३
काठमाडौं- के पाइस नेपाली केरा ? यसरी गिज्यानेहरुलाई थला पार्नेगरी छोइनसक्ने गरी केराको मूल्य आकाशिएको छ। ७०÷८० रुपैयाँ दर्जनले फालाफाल पाइने केराको मूल्य २५० देखि ३५० सम्म पुगेको छ। रास्वपाकी सांसद आशिका तामाङले केरा देखाउँदै गरेको आफ्नो तस्विर राखेर लेखेकी छिन्– केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०। रास्वपाका सांसदलाई केराको मूल्य बढेकोमा चिन्ता ब्यक्त गर्दै गर्दा आम उपभोक्ता भने अधिकांश फलफूल, तरकारी, तेल र खाध्यान्नमा बढेको महंगीको भारीले थिचिएका छन् ।
२०८२ मङ्सिर देखि २०८३ वैशाख १ सम्मको ६ महिनाको बजार विश्लेषण गर्दा नेपाली भान्सामा अनिवार्य मानिने खाद्यान्न, तेल र तरकारीको मूल्य सामान्य नागरिकले किन्दै नसक्नेगरी आकाशिएको छ। नेपाल खुद्रा व्यापार सङ्घ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार बजार मूल्य नियन्त्रण बाहिर गएको छ।
यो ६ महिनाको अवधिमा उपभोक्तालाई सबैभन्दा बढी भार खाने तेलको मूल्य वृद्धिले पारेको छ। मङ्सिर १५ गते प्रति लिटर ३६० रुपैयाँमा पाइने ‘काँचो तोरीको तेल’ पुस र माघको सुरुवातीसम्म स्थिर रहे पनि माघ १५ पछि बढ्न थाल्यो। वैशाख १ गतेसम्म आइपुग्दा यो प्रति लिटर ३७५ रुपैयाँ पुगेको छ।
त्यस्तै, सनफ्लावर र भटमास तेलको मूल्यमा अत्यधिक वृद्धि देखिएको छ । मङ्सिरमा प्रति लिटर २५० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य ६ महिनाको अन्तरालमा प्रति लिटर ४५ रुपैयाँको वृद्धि भएको छ, जसले सर्वसाधारणको भान्छामा प्रत्यक्ष प्रभावित पारेको छ। यस्तै भटमासको तेलमा पनि ४५ रुपैयाँ वृद्धि भएको देखिएको छ।
कतिपय तरकारी र फलफूलको मूल्य ६ महिना अवधिमा ४ गुणासम्मले महँगिएको पाइएको छ। भान्सामा नभई नहुने हरियो खुर्सानीको मूल्यमा १८०.९४ प्रतिशतको वृद्धि देखिएको छ भने भेडे खुर्सानी १२७ प्रतिशतले महँगिएको छ। सिमी तर्फ तने बोडीको मूल्य २१४.२९ प्रतिशत र टाटे सिमीको मूल्य १९३.३३ प्रतिशतले बढेको उल्लेख छ।
गर्मी मौसम सुरु भएसँगै कागती र फलफूलको मूल्यमा उच्च वृद्धि भएको छ। माघ महिनामा ९० रुपैयाँ प्रतिकेजी रहेको कागतीको मूल्य २९६.६७ रुपैयाँ पुगेको छ। फलफूलतर्फ केराको मूल्यमा २०० प्रतिशत र आभोकाडोमा १५४.५५ प्रतिशतको वृद्धि देखिएको । मङ्सिरमा २७५ रुपैयाँ रहेको आभोकाडो वैशाखमा ७०० रुपैयाँ प्रतिकेजी पुगेको छ। अरु त अरु बोतल र जारको पानीको मूल्य समेत ४० प्रतिशतसम्मले वृद्धि गरिएको छ । जसको मारमा आम उपभोक्ता परेका छन् ।
बालेन शाहको नेतृत्वमा सरकार बन्दा उत्साहित भएका जनता महंगीको मारले निराश बन्न थालेका छन्। त्यसो त महंगी पछाडीको कारण पश्चिम एसियामा जारी द्वन्द्व, इन्धनको चर्को मूल्य र बढेको ढुवानी भाडा, अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यवृद्धि र ढुवानी मार्गमा आएको अवरोध प्रमुख कारण हो। यद्यपी महंगी नियन्त्रणका लागि गर्न सक्ने कुनै प्रयत्न नगरेको भन्दै आम नागरिकले गुनासो गर्न थालेका छन।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया