२२ माघ २०८२
काठमाडौं - नेपाली कांग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो ।
सभापति गगन थापा यसपटक सर्लाही(४ बाट चुनाव लड्दै छन् । पहिलो ठूलो सभा मधेशमै गर्ने कांग्रेसको रणनीति बनाएको छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला संग्रोलाले बताइन् ।
उनले भनिन्, ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ ।’
उनले समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका लागि देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन् ।
थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजक हुन् । चुनावी सभालाई सम्बोधन गर्नको लागि सभापति थापा र शर्मा देश दौडाहामा लाग्ने तयारीमा छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया