३० चैत २०८२
काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहको विषय भएको बताएका छन् । देश र समाजलाई प्रगति पथमा अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने विश्वास व्यक्त गरेका हुन् ।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सोमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख र शान्तिको शुभकामना दिँदै पूर्वराजा शाहले विगतका कमजोरी र त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड समेत दिएका छन् ।
उनले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता प्रकट गर्दै राजनीतिक र प्रशासनिक प्रणालीमा गरिएका फेरबदलहरू केबल सतही मात्र सावित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको खिचातानीले गर्दा राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश एउटा प्रयोगशाला जस्तो मात्र बनेको उनको भनाइ छ।
पूर्वराजाले आफ्नो सन्देशमा देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न र छिमेकी राष्ट्रहरूका साथै बाह्य मित्र शक्तिहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन् ।
आन्तरिक सुरक्षा व्यवस्था कमजोर हुँदा नागरिकहरूले असुरक्षा र अभावको सामना गर्नु परिरहेको तर्फ संकेत गर्दै उनले सुरक्षा अङ्ग र सेवा सुविधाहरूलाई चुस्त र दुरुस्त बनाउन राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
यसैगरी, शाहले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् । देशको स्रोत र शक्तिलाई सही सदुपयोग गर्दै स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन गरेमा मात्र राष्ट्रको गौरव बढ्ने उनको तर्क छ।
निषेध, फुट, द्वन्द्व र विद्रोहले मुलुकलाई कमजोर बनाउने बताउँदै उनले आपसी रिसराग र प्रतिशोध त्यागेर जनचाहना अनुसार संवाद, सहमति र सहकार्यको माध्यमबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।
नेपाललाई शान्ति र प्रगतिको मुलुकका रूपमा देख्न चाहेको बताउँदै पूर्वराजा शाहले सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गरेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया