०३ माघ २०८२
काठमाडौं- हरेक निर्वाचनमा क्षेत्र फेरिरहने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुमपूर्व पुगेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् ।
यसअघि २०७९ मंसिर ४ को निर्वाचनमा उनी गोरखा २ बाट उठेका थिए । कांग्रेससँगको गठबन्धनमा उनले चुनाव जिते । तर चुनावअघि उनले गरेका प्रतिवद्धता पूरा गर्न उनी असफल देखिए ।
लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग र पालुङ्टार एयरपोर्ट संचालनमा ल्याउने उनको चुनावी एजेण्डा थियो । प्रत्येक भाषणमा उनले प्रतिवद्धता जनाउँथे । तर चुनाव जितेर गएसँगै ती एजेण्डाहरू सेलाए । उनका भाषणहरूमा समेत प्राथमिकतामा परेनन् । आफैँ प्रधानमन्त्री हुदाँ समेत रबर उद्योग र पालुङटार एयरपोर्ट संचालनका लागि उनले चासो दिएनन् ।
‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ, पालुङटार एयरपोर्टलाई पुनः संचालन गर्दै व्यवस्थित गरिनेछ,’ चुनाव लक्षित उनको प्रतिवद्धता पत्रमा उल्लेख थियो । तर चुनाव जितेसँगै यी प्रतिवद्धतालाई प्रचण्डले भुले ।
बूढीगण्डकी जलविद्युत आयोजना पनि उनको चुनावी एजेण्डामध्येको एक हो । निर्माण कार्य तत्काल अघि बढाउने उनको त्यो प्रतिवद्धता बोलीमा मात्र सिमित बन्न पुग्यो । आयोजनाको अवस्था अहिले पनि उस्तै छ ।
उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषण गर्न पहल गर्ने समेत उनले भन्न भ्याएका थिए । तर चुनाव जिते पश्चात ती एजेण्डामा उनी प्रवेश नै गर्न चाहेनन् । गाइखुर(च्याङली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्यअगाडि बढाउने उनको चुनावी एजेण्डा पनि भाषणमा मात्र सिमित बन्यो ।
चुनाव अघिका प्रतिवद्धताहरू चुनाव जितेसँगै ओझेलमा परेपछि आलोचना समेत हुन थालेको छ । त्यही क्षेत्रमा अहिले नेकपाबाट लेखनाथ न्यौपाने उठ्ने भएका छन् । प्रचण्डले न्यौपानेलाई टिकट हस्तान्तरण गरिसकेका छन् ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया