०४ मंसिर २०८२
काडमाडौं - जेनजी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै दुई दर्जन जेनजी समूहले उनलाई फिर्ता बोलाउन राष्ट्रपतिसँग माग गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न २३ जेनजी समूहले कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनको माग गरेका हुन् ।
सरकारले विद्रोहीका न्यूनतम अपेक्षासमेत पूरा गर्न नसकेको र एक थान चुनाव गराउन मात्र लागिपरेको उनीहरुको आरोप छ । भनिएको छ, ‘विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्मानीयज्यूसमक्ष निवेदन गर्दछौं ।’ अन्यथा,आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।
यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्मानीयज्यूसमक्ष निवेदन गर्दछौं
जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जिबिबि गु्रप, जियूपिसि गु्रप, जेबाइएन गु्रप, जेनजी युनाइटेड, जेनजी २।०, रियल जेनजी, जेनजी वाई गु्रप, जेनजी एलायन्स, नेपाल जेनजी रिभ्युलेन्स, इक्वीटि नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी गु्रप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया