२४ मंसिर २०८२
काठमाडौँ - भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्।
बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ (झ)मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ। भन्सार ऐनको उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा घोषणाकर्तालाई सो घोषणाअनुसार लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरेर मात्रै वस्तु जाँचपास गर्ने व्यवस्था रहेको छ।
वार्तामा यो व्यवस्थालाई दफा २० को उपदफा १० र ११ अनुसार तत्कालको लागि दण्ड जरिवाना छुट दिने सहमति भएको जनाइएको छ। जरिवानासम्बन्धी विषयमा सहमति हुनुका साथै अन्य बुँदाहरूमा पनि सहमति जुटेको छ। ती सहमतिहरूमा भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री र एक्जिट नोटहरू भन्सार एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था मिलाउने रहेका छन् ।
यी सहमतिहरूसँगै भन्सार एजेन्टहरूले देशभरका भन्सार कार्यालयहरूमा काममा फर्किने भएका छन्, जसले गर्दा आयात(निर्यात प्रक्रियाहरू सहज हुने अपेक्षा गरिएको छ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया