०५ फागुन २०८१
दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिना तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् । आफूले अबको १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने ओलीको स्पष्टोक्ती छ ।
उनले भने,‘अब महिना पनि बाँकी छैन, त्यसपछि शेरबहादुरजीलाई दिने हो, कसैले हल्ला गर्नुपर्दैन । म छिटो फलफूल पकाउने औषधि राखेर पकाएजस्तै पकाउनुपर्ने मान्छे होइन, १७ महिना तोप हाने पनि सरकार ढल्दैन, त्यसपछि केही बल गर्न पर्दैन, मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धेरै देश संकटमा परेकाले मुख्य प्रतिस्पर्धी रहेका दुई ठूला मुख्य दल मिलेर सरकार चलाउनुपरेको बताए । ‘सबैतिर निराशा भयो, अस्थिरताले सबै अस्तव्यस्त भयो, अर्थतन्त्र संकटमा परो, युवा शक्ति सबै बाहिर गए, त्यही संकट टार्न दुई दलको सहकार्य भएको हो’ उनले भने, ‘कांग्रेस एमाले अन्य दललाई समेत मिलाएर अघि बढेका छौँ, हामी कसले शासन गर्ने भन्ने विषयमा अलमल पर्दैनौ ।’
उनले संविधान संशोधन केही बिगार्न नभई थप परिष्कृत गर्नका लागि गर्न खोजिएको बताए । ‘संविधान मास्न होइन, थप परिष्कृत गर्न खोजिएको हो पुराना कानुन हटाएर पुराना कानुन हटाउने हो, कुनै प्रकारका भ्रममा नपरी आफ्नो प्रदेशको विकासमा केन्द्रित हुनुहोस् ।’
ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो । अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’
प्रधानमन्त्री ओलीले संघीयतामाथि प्रश्न उठिरहेका बेला लुम्बिनीले सुरु गरेका कामले धेरैलाई सकारात्मक सन्देश दिएको बताएका छन् । धेरै प्रदेशमा प्रदेश सभा कहाँ राख्ने ? मुख्यमन्त्री कार्यालय, मन्त्रालय र अरू कार्यालय कहाँ राख्ने भनेर खोजिरहेको बेला लुम्बिनीमा सबै संरचना निर्माण गरेर एकै क्षेत्रमा व्यवस्थित गरेर आँट गरेर काम गर्न सकिन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ । उनले राजधानी क्षेत्र कसरी बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सन्देश लुम्बिनीले दिएको बताए ।
प्रधानमन्त्री ओलीले संघीय सरकारले बनाउन नसकेको सबैभन्दा ठूलो अस्पताल निर्माण गरेर लुम्बिनीबाट नयाँ सन्देश दिएको बताए । ‘प्रदेश सरकारले १२ सय शय्याको बेड बनाउन थालेको छ, केन्द्र सरकारले १ हजार शय्याको चलाउन सकेको छैन तर यति ठूलो योजना यहाँ थालिएको छ । चलाउन सकिन्छ कि नाइँ, यहाँ त्यसको सेवाग्राही हुन्छन् कि नाइँ भन्ने थियो तर जे काम नयाँ सुरु हुन्छ लुम्बिनीबाट हुन्छ, यति ठूलो आयोजना प्रदेश एक्लैले गर्न सक्दैन, अब तीनै तहका सरकार मिलेर विकास निर्माणका काम अघि बढाउनुपर्छ एक अर्कोका योजना अघि थालिनुपर्दछ ।’ उनले योजनाको प्रशंसा गर्दै भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया