०१ जेठ २०८३
काठमाडौँ - सरकारले १३ वटा आयोजनाका लागि कर छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभिन्न विकास आयोजना र निर्माण कार्यका लागि पैठारी (आयात) हुने मालवस्तुहरूमा कर छुट दिइएको छ।
धेरैजसो आयोजनाहरूमा आयात हुने सामानमा १ प्रतिशत मात्र भन्सार महसुल लिई बाँकी सम्पूर्ण दस्तुर, शुल्क र कर छुट दिइएको छ भने केहीमा पूर्ण रूपमा कर छुट दिइएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यी वस्तुको कुल मूल्य ८ अर्ब २५ करोड हाराहरीमा हुन आउँछ ।
१.जयनगर–कुर्ता खण्ड रेल्वे मर्मत स् रेल्वे ट्रयाक तथा सिग्नलिङ्ग सिस्टमको मर्मत सम्भारका लागि आयात हुने भारतीय रुपैयाँ १२ करोड ६ लाख ४९ हजार ८६५ मूल्य बराबरको मालवस्तुमा सम्पूर्ण भन्सार, दस्तुर, शुल्क तथा कर पूर्ण रुपमा छुट दिइएको छ ।
२.मुलपानी १३२ केभी सबस्टेसन निर्माण स् निर्माण कार्यका लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ८२ हजार ५०४ दशमलव ६९ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
३.नेपाल विद्युत प्राधिकरणको ठेक्का आयोजनामा खपत हुने थप अमेरिकी डलर ५० हजार ८४५ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
४.ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनामा लागि थप हुन आएको अमेरिकी डलर ३९ लाख ६५ हजार २७० दशमलव ५६ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
५. १३२ केभी प्रसारण कन्डक्टर स्तरोन्नति सम्बन्धमा विभिन्न प्रसारण लाइन स्तरोन्नतिका लागि थप हुन आउने अमेरिकी डलर ९ लाख ९८ हजार ३८९ दशमलव ०५ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
६. केरौन १३२–३३ के.भी. सबस्टेशन निर्माण स् निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १ लाख ८७ हजार २११ दशमलव ३० मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
७. मधेस प्रदेश ग्रामीण विद्युतीकरण ९रौतहट, बारा, पर्सा० स् वितरण प्रणाली सुदृढिकरण ९लट–५० निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ६ लाख ७८ हजार ६९८ दशमलव ५९ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
८.मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन स् निर्माणका लागि थप–कायम भएको अमेरिकी डलर ५ लाख ४८ हजार ५६९ दशमलव ५३ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
९. काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाको लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ६५ हजार ८८९ दशमलव ६१ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
१०. डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन स् निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ३६ लाख ५० हजार ८९० दशमलव १३ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
११. भक्तपुर देखि थिमी सम्म १३२ के.भी. भूमिगत प्रसारण लाइन स् निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १८ हजार ४५१ दशमलव ८२ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
१२. रातमाटे ४०० केभी सबस्टेसन निर्माण (एमसिए) नेपाल आयोजनामा खपत हुने अमेरिकी डलर ४ करोड २८ लाख ८१ हजार १२३ दशमलव २७ मूल्य बराबरको मालवस्तुको पैठारीमा सम्पूर्ण दस्तुर, शुल्क, महसुल वा कर पूर्ण रूपमा छुट दिइएको छ ।
१३. मधेस प्रदेश विद्युतीय प्रणाली सुधार अन्तर्गत सिराहा, सप्तरी र धनुषा वितरण केन्द्रमा विद्युतीय प्रणाली सुधार गर्न थप हुन आएको अमेरिकी डलर ६६ हजार ८५३ दशमलव ७४ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया