२८ जेठ २०८३
काठमाडौँ - सर्वोच्च अदालतले विद्यार्थीका मोबाइल नष्ट नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल नष्ट गर्ने कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
सिरहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट घडीहरु पानीमा डुबाएर नष्ट गरिएका थिए ।
प्रशासनको निर्देशन भन्दै १ करोड बढीका ९७ थान आईफोन, ४ सय ८९ थान एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी० सामान नष्ट गरिएपछि अधिवक्ता अनिल कुमार साहसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा मोबाइल नष्ट गर्ने कार्यमा संलग्न अधिकारीलाई कारवाही गरी पीडित विद्यार्थीलाई क्षतिपूर्तिका लागि आदेश दिन माग गरिएको थियो । उक्त रिटमा विद्यार्थीका मोबाइल जफत गरेर नष्ट नगर्न आदेश जारी गर्दै सर्वोच्चले सिरहा घटनामा के भएको हो रु र रिटमा माग भएबमोजिम आदेश किन जारी नगर्ने रु विषयमा जवाफ पठाउन १५ दिनको म्याद दिएको छ ।
विद्यार्थीका मोबाइल नष्ट गरिएपछि हाल विद्यार्थी र विद्यार्थीका अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नष्ट भएका आफ्नो मोबाइल र घडीको क्षतिपूर्ति माग गरेका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया