१८ पुस २०८२
काठमाडौं - पाकिस्तानका निम्ति सन् २०२५ विगत एक दशककै सबैभन्दा घातक वर्ष रह्यो । गत वर्ष पाकिस्तानमा हिंसात्मक द्वन्द्वका क्रममा मारिनेको घटनामा ७४ प्रतिशतले वृद्धि भयो ।
स्वतन्त्र थिंक ट्यांक पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सिक्युरिटी स्टडिजले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा गत वर्ष हिंसात्मक द्वन्द्वमा ३४ सय १३ जनाले ज्यान गुमाएको उल्लेख छ । सन् २०२४ मा हिंसात्मक द्वन्द्वमा १९ सय ५० जनाको मृत्यु भएको थियो ।
२०२५ मा ज्यान गुमाउनेमा २१ सय ३८ उग्रवादी थिए । यो संख्या २०२४ को तुलनामा १२४ प्रतिशतले बढी हो ।
यसको एउटा कारण आत्मघाती आक्रमणहरूमा वृद्धि हुनु रहेको थिंक ट्यांकका प्रबन्ध निर्देशक अब्दुल्लाह खानले बताए ।
२०२५ मा एक हजारभन्दा बढी उग्रवादी आक्रमण भयो । तीमध्ये २६ आत्मघाती आक्रमण थिए ।
२०२५ मा पाकिस्तानमा हिंसात्मक द्वन्द्वमा ६६७ सुरक्षाकर्मी पनि मारिए । यो आँकडा २०२४ को भन्दा २६ प्रतिशतले बढी हो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया