१० पुस २०८२
काठमाडौँ - सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ढाल्न १० दिनको अल्टिमेटम दिएको नेकपा माओवादीको केन्द्रीय समितिको विशेष बैठक बुद्धनगरमा बसेको छ । माओवादीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको थियो ।
आजको बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा, राष्ट्रियता लगायत विषयमा समीक्षा हुने महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।‘जेनजी विद्रोहपछि विशेष राजनीतिलाई ध्यानमा राखेर केन्द्रीय समितिको विशेष बैठक बोलाएको हो । एजेन्डाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन’, विप्लवका सचिवालयका नारायण चन्दले भने ।
साथै कार्की सरकार विघटन नभए सडक सङ्घर्षको कार्यक्रम ल्याउने तयारी अनुसार बैठक बसेको सचिवालयको भनाइ छ । जेनजी विद्रोहपछि तत्कालीन नेकपाको असोज २५ देखि ३० गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तुमा केन्द्रीय समितिको विशेष बैठक बसेको थियो । निर्वाचनमा सहभागी हुने निर्णय गरेको माओवादीले उम्मेदवार छनोट, चुनावी रणनीति लगायत विषयमा छलफल हुने बुझिएको छ ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया