१६ वैशाख २०८३
काठमाडौं - ब्याज घटाएर ६ प्रतिशतमा ल्याए पनि, लौ न ऋण अइदेउ भनेपनि जनताले नपत्याए पछि बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य करिब १२ खर्ब रूपैयाँ थुप्रिन पुगेको छ । बजारमा कर्जाको माग नभएकाले यति ठूलो परिमाणको रकम थुप्रिएर बसेको बैंकहरूको वित्तीय विवरणले देखाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि चैतसम्मको वित्तीय विवरणले बैंकमा पैसाको ढेडी लागेको देखाएको हो । जसले बजारमा अझै पनि लगानी गर्ने ’कन्फिडेन्स’ आइनसकेको र जनताले बैंकहरुमाथि नै पूर्ण रुपमा भरोषा गर्न नसकेको देखाएको छ ।
बैंकहरूको कर्जा ब्याजदर अहिले इतिहासकै कम विन्दु झरेको छ। यस्तो बेला पनि कर्जा लगानी भने बढ्न सकेको छैन। अहिले बैंकहरूमा औसत ६।९ प्रतिशत ब्याजमा कर्जा पाइन्छ। ब्याज कम हुँदा पनि अपेक्षित दरमा कर्जाको माग नहुँदा बैंकहरूको ब्याज आम्दानी बढ्न सकेको छैन। यो बैंकहरूको आम्दानीको मुख्य स्रोत हो।
आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी गत वर्षको भन्दा ७ अर्ब रूपैयाँ मात्रै बढेको छ। यो बैंकहरूले करिब ७१ खर्ब हाराहारी निक्षेप संकलन गरेर करिब ५२ खर्ब कर्जा लगानी गरी कमाएको आम्दानी हो।
नयाँ कर्जाको माग नभएर करिब १२ खर्ब रूपैयाँ थुप्रिएपछि राष्ट्र बैंकले छोटो छोटो अवधिका लागि थोरै ब्याजदरमा यस्तो रकम उठाइरहेको छ। यसरी उठाएको रकममा राष्ट्र बैंकले बैंकहरूलाई अधिकतम ३ प्रतिशतसम्म ब्याज दिइरहेको छ।
कर्जाको माग सुस्त हुन थालेको केही वर्षअघिदेखि हो। यसबीच भदौको जेनजी आन्दोलनपछि व्यवसायीहरू लगानी बढाउन झन् सशंकित देखिँदै आएका थिए। अहिले स्थिर सरकार बनेपछि लगानी वातावरणमा सुधार हुन्छ कि भन्ने व्यवसायीहरूको अपेक्षा छ।
तर नयाँ सरकार बनेसँगै व्यवसायीहरू पक्राउ पर्ने घटना बढेपछि उनीहरू लगानीको निम्ति थप सशंकित देखिएका छन्। आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने र कसुर प्रमाणित भएपछि मात्र थुन्ने व्यवहार गर्न सरकारलाई उद्योगीहरूले आग्रह गरेका छन्।
यस्तै चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको विवरण अनुसार खराब कर्जा बढेर ५।२५ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकहरुको खराब कर्जा ०।४२ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा सर्वाधिक खराब कर्जा हुनेमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको खराब कर्जा ३।१० प्रतिशतले बढेर ८।८५ प्रतिशत पुगेको हो । त्यस्तै, प्रभु बैंकको खराब कर्जा ३।७५ प्रतिशतले बढेर ८।८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २।३५ प्रतिशतले बढेर ८।४१ प्रतिशत र हिमालयन बैंकको ०।३० प्रतिशतले बढेर ७।९८ प्रतिशत पुगेको हो । सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक रहेको छ। बैंकको खराब कर्जा ०।०३ प्रतिशतले घटेर ०।६१ प्रतिशत पुगेको हो ।
लुम्बिनी जाने योजनाबाट एकाएक किन ‘ब्याक’ भए बालेन ?
चक्रपथ विस्तारमा चीनको ११ अर्ब सहयोग, बालेन सरकारको पहिलो कूटनीतिक उपलब्धि
संवैधानिक आयोगहरूमा काम गर्न कठिन हुँदैछ : रवि लामिछाने
बिक्नै छाड्यो बैंकको पैसा, थुप्रियो १२ खर्ब, खराब कर्जाले थलिदै गए अधिकांश बैंक
सम्पत्ति छानविनसँग अतालिन थाले उच्चपदस्त , आयोग नै खारेजको माग गर्दै गुहारे सर्वोच्च
राजदुत नियुक्तिमा पनि इतिहास बनाउदै बालेन, अब खुल्ला प्रतिस्पर्धाबाट हुनेछन् राजदुत नियुक्त
सुकुम्बासीको विवरण संकलनमा सेना नै सक्रिय , प्रशासनलाई छैन अत्तोपत्तो, सेनाले काट्यो पत्र
कांग्रेस एमालेलाई पुरै सरकारी संयन्त्रबाट फाल्दै बालेन, राजनीतिक नियुक्ति खाएका १२ सय कार्यकर्ता बर्खास्त हुने पक्का
जलेका गाडीका नाममा तेल खर्च असुल्दै कर्मचारी , स्वास्थ्यमन्त्री उत्रिन एक्सनमा, थालिन छानविन
लाइसेन्सको म्याद अब १० वर्ष, उद्दार गर्दा पुरस्कार, दुर्घटना गराएर ज्यान मारे जन्मकैदको सजाय
प्रतिक्रिया