१४ कात्तिक २०८२
काठमाडौँ - निजामती कर्मचारी अस्पतालका नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राख्दै उनीहरूले आज मीनभवनस्थित अस्पतालको मूल गेटमा आज धर्ना दिएका हुन् । नेपाल नर्सिङ संघले अघि सारेको १५ बुँदे मागमा ऐक्यवद्धता जनाउन आजदेखि धर्ना थालेको नर्सहरूको भनाइ छ ।
योग्यता र अनुभवको आधारमा पारिश्रमिक दिने व्यवस्था गर्न सरकारलाई दबाब दिने उद्धेश्यसहित आन्दोलनमा आएको एक नर्सले बताएकी छन् । उनले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा लिनबाट वञ्चित छौं । र जुन माग नेपाल नर्सिङ संघले मागेको छ नेपाल सरकारसँग । सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर । त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ ।’
बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले श्रमको उचित मूल्यांकन गरु, योग्यता र अनुभवअनुसार पारिश्रमिक कायम गरु, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गरु लेखिएका प्लेकार्ड देखाए ।
नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सले न्यूनतम सेवा, सुविधा व्यवस्था गर्नुपर्ने लगायतका माग राखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
पाँच वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई
बैंक खातामा निष्क्रिय रकम राज्यले खोस्ने, कति छ बैंकहरुमा थुप्रिएको निष्कृय रकम
श्रम कार्यालयमा असुली धन्दा बन्द, अब आवेदन दिएकै दिन श्रमस्विकृति दिइने
को–को छन् बालेनको सचिवालयमा ?
इलामको बागखोरमा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली
सर्वोच्चमा ओली पत्नी राधिकाको निवेदन
अपार्टमेन्टमा बसिरहेका बेला समातिएका थिए ऊर्जामन्त्री खड्का
केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी
पक्राउ परेका ओली अस्पतालमै बस्ने, अदालत खुलेपछि कानुनी उपचारमा जाने
प्रतिक्रिया