०८ मंसिर २०८२
काठमाडौं- कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन ।
जनकपुरका लागि जान किनोल लप्टी इटोनले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाए ।
जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिनुभयो । सन्दीप प्लेयर अफ दि म्याच भए ।
यस्तै सूर्य तामाङले दुई दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउन सफल भए ।
बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।
यस्तै जनकपुर उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । आजै अर्को खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया