२४ पुस २०८२
काठमाडौं- नेकपा (एमाले) निकट युवा सङ्घ नेपालका एक केन्द्रीय सदस्यले सर्वसाधारणलाई भयत्रास देखाएर अपहरण प्रयास र धन असुली गर्न खोजेको आरोपमा प्रहरीमा उजुरी परेको छ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे स्थायी निवासी तथा युवा सङ्घका केन्द्रीय सदस्य जगत लामाले आफूलाई कुटपिट गर्दै ज्यान नै मार्ने धम्की दिएर स्कोरपियो गाडी लुटेको आरोपमा गोकर्णेश्वर–६ मनहरा बस्ने छिरिङ्ग लामा शेर्पाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीअनुसार जगत लामासहित पाँच जनाको समूहले शेर्पालाई नियन्त्रणमा लिएर गाडी खोसेको,रकम असुली गर्ने उद्देश्यले त्रास दिएको र हत्या गर्ने धम्की समेत दिएको उल्लेख छ ।
शेर्पाले सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा गुहार मागेपछि प्रशासनले उक्त उजुरी जिल्ला प्रहरी कार्यालयलाई कारबाहीका लागि फिर्ता पठाएको बताइन्छ ।
जगत लामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवे र एमाले सचिव महेश बस्नेत नजिकका व्यक्ति मानिन्छन् । उनलाई केन्द्रीय कमिटीमा मनोनयन गर्दै हाल सिन्धुपाल्चोक जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ । अराजक कार्यमा संलग्न जगत पटक पटक विभिन्न अपराधिक कार्यमा संलग्न रहेको निकटहरु बताउँछन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया