१५ माघ २०८२
काठमाडौं - चुनाव नजिकै गर्दा देशभर पूर्व मेयर बालेन शाहको क्रेज देशभर जसरी बढिरहेको छ, विश्वभर सुनको मूल्यको मूल्य उसैगरी आकाशिएको छ । बिहीबार नेपालमा एकैदिन सुनको मूल्य तोलामा २० हजार ५ सय रूपैयाँले बढेको छ । जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य वृद्धि हो । बुधबार प्रतितोला ३ लाख १८ हजार ८०० रूपैयाँमा बिक्री गरिएको सुन बिहीबार एकैपल्ट २० हजार ५ सय रूपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रूपैयाँ पुगेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला साढे नौ हजार रूपैयाँले बढेको थियो । माघ लागेपछि मात्रै १५ दिनको अवधिमा सुनको मूल्य तोलाकै ६१ हजार रूपैयाँले बढेको छ । पुस ३० गते स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार रूपैयाँ थियो। यहि दरले सुनको मूल्य बढ्ने हो भने अबको एक दुई महिना भित्रै तोलाको ५ लाखसम्म पुग्न सक्ने आकलन हुन थालेको छ । दिनकै २० हजारका दरले सुनको मुल्य बढेपछि सुनचाँदी ब्यवसयाीदेखि सर्वसाधरणसम्म झस्किएका छन् ।
बिहीबार एकैदिन २० हजार रूपैयाँले मूल्य बढ्नुको कारण के हो ? सुनको मूल्य आकाशिनु पछाडीको कारण अन्तर्राष्ट्रिय मुद्राको तुलनामा डलर कमजोर हनु नै भएको ब्यवसायीहरुको विश्लेषण छ।
यी हुन सुनको मूल्य आकाशिनु पछाडीका ६ कारण
नम्बर १– युद्ध र राजनीतिक तनाव
इरानमाथि आक्रमण गर्न अमेरिकाले लडाकु जहाजहरू पठाएको समाचार छन्। यसले गर्दा खाडी क्षेत्रका अन्य देशहरू (कतार, साउदी अरेबिया, युएई आदि) मा पनि युद्ध फैलन सक्ने त्रास बढेको छ।
नम्बर २– विश्वयुद्धको डर र अस्थिरता
यदि इरानसँगको युद्धमा चीन र रूसले पनि साथ दिएमा विश्वयुद्ध हुन सक्ने र यसले विश्व बजारमा चरम अस्थिरता पैदा गर्ने सम्भावनाले गर्दा मानिसहरूले सुरक्षित लगानीको रूपमा सुनमा चासो देखाएका छन्।
नम्बर ३– नयाँ व्यापारिक सम्झौताहरू
क्यानडा र बेलायतका प्रधानमन्त्रीहरूले चीन भ्रमण गरी व्यापारिक सम्झौता गर्नु र युरोपियन युनियनले भारतसँग व्यापारिक सम्झौता गर्नुले विश्वको आर्थिक शक्ति सन्तुलनमा परिवर्तन ल्याएको छ।
नम्बर ४– अमेरिकी डलरको अवमूल्यन
विभिन्न देशहरूबीचको नयाँ सम्बन्ध र व्यापारिक टकराव (जस्तैः क्यानडामाथि अमेरिकाले ट्यारिफ लगाउने घोषणा) का कारण डलरको मूल्य र यसप्रतिको निर्भरता घट्दै गइरहेको छ।
नम्बर ५– केन्द्रीय बैंकहरूले सुन सञ्चित गर्नु
विश्वका विभिन्न देशका रिजर्भ बैंकहरूले डलर बेचेर सुन खरिद गर्न थालेका छन्। उदाहरणका लागि, भारतीय रिजर्भ बैंकले आफ्नो डलर मौज्दातको ठूलो हिस्साबाट सुन किनेको छ भने चीनले पनि एकैपटक १४०० टन सुन उठाएको छ।
नम्बर ६– डलरको विकल्प खोज्ने रणनीति
चीनले आफ्नो मुद्रा (युआन) लाई बलियो बनाउने र ‘ब्रिक्स’ जस्ता नयाँ मुद्रा चलाउने रणनीति बनाएको छ, जसले गर्दा डलरको सट्टा सुनमा लगानी बढेको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया