१३ वैशाख २०८३
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित युद्धबारे वार्ता गर्न पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको प्रस्तावित भ्रमण रद्द गरेका छन् । यो निर्णय तेहरानको टोली इस्लामाबादबाट फर्किएपछि गरिएको हो । ट्रम्पले विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरको यात्रा धेरै समय खेर जाने भन्दै रद्द गरिएको बताए । इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले फोन गरे पुग्ने पनि उनले बताएका छन् ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानसँग वार्ता गरेका थिए । उनले इरानको युद्ध अन्त्य गर्ने धारणा प्रस्तुत गरे पनि अमेरिका कत्तिको कूटनीतिमा गम्भीर छ भन्ने स्पष्ट नभएको बताएका छन् । युद्धविराम अवधि २२ अप्रिलमा सकिनुपर्ने भए पनि थप वार्ताका लागि ट्रम्पले यसलाई बढाएका थिए । तर हालसम्म कूटनीतिक प्रयासहरू ठप्पजस्तै छन् ।
अमेरिका र इरानबिच स्टेट अफ होर्मुजबारे तनाव चुलिएको छ । यो मार्गबाट विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र ग्यास आपूर्ति हुने गर्दछ । फेब्रुअरीदेखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले यस मार्गमा प्रतिबन्ध लगाएको छ भने अमेरिकाले त्यहाँ आफ्नो नौसैनिक उपस्थिति बढाएको छ ।
यसैबिच ट्रम्पले इरानसँगको युद्धविराम कायम रहने बताएका छन् । उनले इरानभित्र नेतृत्वमा अव्यवस्था र भ्रम रहेको आरोप लगाउँदै अमेरिका बलियो अवस्थामा रहेको दाबी गरेका छन् । पाकिस्तानले पछिल्ला केही सातामा अमेरिका र इरानबिच मध्यस्थता गर्दै आएको छ ।
यद्यपि, ११ अप्रिलमा दुई पक्षबिच भएको वार्ताले कुनै ठोस सहमति भने ल्याउन सकेन । इरानका राष्ट्रपति मसुद पेजिशिकनले यसअघि इरान वार्ताका लागि खुला रहेको तर प्रतिबन्ध, धम्की र सम्झौता उल्लङ्घन नै मुख्य बाधा रहेको बताएका थिए ।
१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
गरिबको रोजीरोटी भिरबाट खसाल्ने वन कर्मचारीको निर्लज्ज बचाउ
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
भारतीय अवरोधले संकटमा नेपाली चिया, उद्योगीले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
प्रतिक्रिया