०९ चैत २०८२
काठमाडौं- सम्हाल्नै नसक्नेगरी पेट्रोलियम पदार्थको मूल्य आकाशिने संकेत मिलेपछि इन्धनको खपत कम गर्न सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय र कार्यालयहरु नै बन्द गर्नेसम्मको तयारीमा सरकार जुटेको छ।
परिस्थिति भयावह बन्नुअघि नै सचेत हुनु पर्ने भन्दै नेपाल आयल निगमले सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्नेदेखि विद्यालय र कार्यलयका अधिकांश काम अनलाइनबाटै गर्नु पर्ने प्रस्ताव गरेको छ ।
पेट्रोलियम पदार्थको अभावकै कारण पाकिस्तान श्रीलंका लगायतका देशमा विद्यालयदेखि कार्यालयसम्म बन्द गरिएको छ । हप्ताको एक दुई दिनबाहेक बाँकी दिन अनलाइनबाटै काम गर्न उर्दी जारी गरिएको छ। इन्धनको हाहाकार हुँदा दैनिकी नै प्रभावित हुन थालेको छ । नेपालमा पनि त्यहि स्थिति आउन सक्ने जोखिमलाई विश्लेषण गर्दै आयल निगमले जोर तत्कालै सवारी साधनमा विजोर प्रणाली लागु गर्ने बारे सोच्नु पर्ने प्रस्ताव पेश गर्ने भएको छ । निगमले जोरबिजोर प्रणाली लागू गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गर्न लागेको स्रोतको भनाइ छ ।
विस्तृत भिडियोमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया