०९ असार २०८३
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् ।
चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मङ्गलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।
लामिछानेले पुराना र नयाँ सबै साथीहरूलाई आफ्नो योग्यता र क्षमता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको उल्लेख गरे । पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । रास्वपा ह्वीपु भन्दा पनि विवेकु ले चल्ने पार्टी भएको उनले दाबी गरे ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भारलाई कम गर्न लामिछानेले प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने घोषणा समेत गरे ।
पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्क तिर्न नसक्ने वा नचाहनेहरूले तिर्नु नपर्ने र तिरिसकेकाले पनि फिर्ता चाहेमा त्यसको व्यवस्था मिलाउन उनले निर्देशन दिए । प्रतिनिधिहरूलाई आर्थिक समस्याका कारण मतदान प्रक्रियाबाट बाहिरिनु पर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाए ।
पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई सडकमा लैजानुको साटो छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा लामिछानेले जोड दिए । उनले निर्वाचनका क्रममा प्यानल बनाएर वा समूहगत रूपमा प्रचार गर्ने कार्यलाई निरुत्साहित गरे । एक रास्वपा, एक घण्टीु को भावना अनुसार अघि बढ्न आग्रह गर्दै उनले स्वस्थ प्रतिस्पर्धाबाटै पार्टी परिपक्व हुने बताए ।
बन्दसत्रमा विभिन्न साङ्गठनिक र आर्थिक प्रतिवेदनहरूका साथै सभापतिको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि छलफल भएपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुने उनले जानकारी दिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया