१७ पुस २०८२
काठमाडौं - निर्वाचनको सुरक्षा र समयबारे संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच सार्वजनिक रूपमा मतभेद देखिएको छ।
गृह मन्त्रालय र कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री कार्कीले निर्वाचनबारे परस्पर विरोधी धारणा राखेका हुन्।
गृहमन्त्री भन्छन्, सुरक्षा अवस्था सुदृढ भएकाले निर्वाचन तोकिएकै समयमा हुन्छ । अर्यालले देशको सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको दाबी गरे। उनले सुरक्षाकर्मीको मनोबल बढ्दो क्रममा रहेको उल्लेख गर्दै तोकिएकै मितिमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने बताए। निर्वाचन घोषणा भइसकेपछि सबै प्रक्रिया तोकिएको निर्वाचन तालिकाअनुसार अघि बढिरहेको र सबै राजनीतिक दलबाट समेत निर्धारित समयमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आइसकेको गृहमन्त्री अर्यालको दाबी छ ।
मुख्यमन्त्री कार्कीले भने सुरक्षा चुनौती कायम रहेकाले निर्वाचन वातावरण नबनेको ठोकुवा गरेका छन् । उनले निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण अझै नबनेको जिकिर गरेका हुन् । उनले मुलुकमा कानूनीराज तोडिएको तथा शान्ति व्यवस्था अझै नाजुक रहेको भन्दै हतारमा चुनाव गरिए देश अर्को मुठभेडतर्फ जानसक्ने चेतावनी दिए।
कार्कीले भनेका छन्, ‘अझै पनि केही समूहहरूले चुनाव हुन नदिने, उम्मेदवार बन्न नदिने र भोट माग्न नदिने धम्की दिइरहेका छन् । सिडिओ र प्रहरी प्रमुखहरूले आफ्नै कार्यालयमा बसेर निर्धक्क कानून कार्यान्वयन गर्नसक्ने अवस्था छैन। यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ ? ’
उनले ‘जेनजी आन्दोलन’ का क्रममा प्रहरीका कार्यालय जलाइएको, हतियार लुटिएको र सवारीसाधन ध्वस्त बनाइएकाले प्रहरीको मनोबल अझै पूर्ण रूपमा उठ्न नसकेको दाबी गरे ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया