१२ कात्तिक २०८२
काठमाडौं - महानगरपालिकाका मेयर बालेन शाह, उर्जामन्त्री कुलमान घिसिङ, विभिन्न नयाँ राजनीतिक दल र जेनजीहरु समेटेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी पुर्नगठनको तयारी गरेको छ ।
त्यसका लागि रास्वपाले औपचारिक संवाद सुरु गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा एउटै पार्टी बनाएर जान रास्वपाले औपचारिक छलफलको आयोजना गर्न लागेको छ । दुई पक्षीय छलफलपछि रास्वपाले बहुपक्षीय छलफलको आयोजना गरेको छ । नयाँ शक्तिहरु छिन्न भिन्न भएर जाँदा फेरि पनि पुरानै राजनीतिक दल हाबी हुने खतरा बढेको भन्दै रास्वपाले सबै नयाँ शक्ति र जेनजीहरुलाई समेट्ने कसरत सुरु गरेको हो ।
भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनमा समर्थन जनाउनेलाई रास्वपाले कात्तिक १४ गतेका लागि पत्रमार्फत औपचारिक वार्तामा बोलाएको छ । जेनजी तथा नयाँ दल र नयाँ राजनीतिक समूहसँग छुट्टाछुट्टै छलफलपछि एकताको मोडालिटीबारे निर्णयमा पुग्न बृहत राजनीतिक संवादको आयोजना गरिएको रास्वपाका नेताहरुले बताएका छन् ।
बालेन साहका प्रतिनिधि र हाम्रो नेतृत्वको माथिल्लो तहसम्म एकताका लागि छलफल भएको छ। तर एकताको मोडालिटी र नेतृत्व टुंगिएको छैन। परिवर्तन चाहने र आन्दोलनलाई समर्थन गर्ने सबैसँग वान टु वान छलफल भइसकेको छ।
अब बृहत छलफल गरेपछि मात्रै निर्णयमा पुग्ने कुरा भएको एक नेताले जानकारी दिए । रास्वपाका एक अर्का सचिवालय सदस्यका अनुसार पछिल्ला बैठकहरुमा राजनीतिक दल खोल्ने तयारीमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि विभिन्न चरणमा छलफल भएको छ। तर रास्वपाको नेतृत्वकै विषयमा सहमति हुन सकेको छैन। कुलमानलाई कुन हैसियत दिने भन्ने विषमया सहमति हुन बाँकी रहेको बताइएको छ ।
राजनीतिक दल खोल्नका लागि गृहकार्यमा लागेका जेनजी समूहका विभिन्न प्रतिनिधिहरुसँग पनि रास्वपाले वार्ता गरेको छ । रास्वपाले विभिन्न व्यक्ति तथा समूहसँग एकताको संवादको संयोजन उपसभापति स्वर्णिम वाग्लेले गरिरहेका छन्। केन्द्रीय सदस्यहरुले बालेनसँग एकताका विषयमा पटकपटक छलफल भएको स्रोतले बताएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने जेलबाट निस्किएका थिए। लामिछानेको जेलमुक्त घटनाले नराम्रो क्षति ब्यहोरिरहेको रास्वपा नयाँ राजनीतिक शक्तिहरुसँग एकता गरेर संक्ति संचय गर्ने रणनीतिमा छ।
जेनजी आन्दोलनपछि रास्वपा दैनिकजसो सचिवालय बैठक राखेर आन्तरिक छलफल गरिरहेको छ। बैठकमा पार्टी नेतृत्वदेखि चुनाव तयारीसम्मको एजेण्डामा नेताहरुले धारणा राखेका छन्। रास्वपाले फागुन २१ को चुनावमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन मतदाता नामावली संकलनमा देशैभर डेस्क स्थापन गरेर सहजीकरण गर्ने पनि निर्णय गरेको छ। चुनावकै तयारीका लागि केन्द्रीय समितिको बिस्तारित बैठक मंसिर २१ र २२ गतेका लागि बोलाएको छ।
उक्त बैठकमै समानुपातिक उम्मेदवारबारे रास्वपाले निर्णय गर्ने तयारी गरिरहेको रास्पाका केही नेताहरुले बताएका छन् । रास्वपाले आफ्नो सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रित गर्ने निर्णय पनि गरेको छ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया