२८ भदौ २०८२
काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् ।
उनलाई पत्रकारको प्रश्न थियो– ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ’
जवाफमा उनले भने– कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ।
उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।
‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ’, उनले भने, ‘चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।’
यद्यपि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेसम्म कुनै माध्यमबाट कार्कीलाई बधाई दिएको खुलेको छैन । उता दक्षिणी छिमेकी भारतले उत्साहित हुँदै कार्की प्रधानमन्त्री हुनेबित्तिकै बधाई दिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मणिपुर पुगेर कार्की प्रधानमन्त्री भएको खबरले आफूहरू उत्साहित भएको बताइसकेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले शीतल निवासमै पुगेर कार्कीलाई बधाई दिएका छन् ।
उता पञ्जाबको धर्मशालामा रहेका दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका छन् । सम्भवतः नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको यो पहिलो पटक हो ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया