१९ चैत २०८२
काठमाडौं - नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैनरु भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्ज सोधेका हुन् ।
‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने रु,’ आङदेम्बेले भने ।
भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न उठाए ।
‘किन खरानी भयो संसद् भवन, किन जल्यो सिंहदरबार रु कसले जलायो रु,’ उनले प्रश्न गरे, ‘भदौ २३ र २४ गतेका घटना एकएक केलाउन जरुरी छ ।’
उनले भदौ २३ र २४ गतेका घटनालाई हेर्ने फरक दृष्टिकोण राख्न नहुने पनि बताए । उनले भने, ‘कसैले २३ को घटना देख्ने, २४ को ध्वंश नदेख्ने । कसैले २४ ध्वंश नदेख्ने, २३ को दमन देख्ने । यो प्रवृत्ति एकदम गलत छ ।’
हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको जाँचबुझ गरेर २४ को भ्याइएन भनेको आङदेम्बेले टिप्पणी गरे । ‘यो कस्तो तरिका हो रु पटकपटक समय थप्ने तर काम नगर्ने कुरा जाँचबुझ आयोगको नियतबाट भएको होइन भन्न सकिन्न,’ उनले भने ।
उनले सरकारलाई सुझबुझ ढंगबाट कदम अगाडि चाल्न आग्रह गरे । कांग्रेस सधैँ दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा दृढ रहेको उनले बताए ।
भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
ट्रेड युनियन अधिकार नखोस्न कर्मचारी संगठनहरूको आग्रह, सरकारसँग राखे यस्ता माग
६ तस्वीरमा खुलामञ्चको सौन्दर्य
गगन थापाप्रति उदार बने रवि–बालेन, कांग्रेसलाई दिए लेखा समितिको सभापति
बालेन बने विश्व चर्चित अनुहार , भारतदेखि बंगलादेशसम्म जयजयकार
धनगढी उपमहानगरले गर्यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना
प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल
बालेन र बालेन सरकारप्रति अमेरिकी चासो
जिम्मेवारीमा भएकाले लचिलो र विनम्र छु, यसलाई कमजोरी नठान्नुहोला : गगन थापा
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया