१० पुस २०८२
काठमाडौं- नेपाली नेताहरुलाई विदेशीको डर कतिसम्म छ भने तिनले त्यहाँ खोक्दा समेत यीनीहरु यहाँ झस्किन्छन् । ठिक त्यसकै झल्को नेकपा एमालेका महासचिव शंखर पोखरेलले दिएका छन् ।
यी आफू मात्रै झस्किए झै गरिरहेका छैनन् आम नागरिकलाई पनि तर्साउन खोजिरहेका छन् । त्यो पनि भू राजनीति निकै संवेदनशील अवस्थामा रहेको भन्दै । चीनका राजदुत आफ्नो ३ वर्षे कार्यकाल सकेर फिर्ता भएक छन् । अमेरिकी रादुतलाई ४ दिनअघि ट्रम्प प्रशासनले फिर्ता बोलाएको छ । तर, यो घटनालाई लिएर आत्तिए झै गरेका एमाले महासचिव शंखर पोखरेल जबरजस्ती आफ्नो देशको अवस्था खराब भएको देखाउँदै यो घटनालाई संवेदनशील भू - राजनीतिसँग जोडेर अत्याउन खोज्दैछन् । उनी यसरी हल्ली खल्ली गरिरहेका छन् की मानौ ती देशले आफ्नो राजदुत फिर्ता गरेसँगै अब नेपालमा बमबारी हुनेबाला छ ।
ताकी उनले भू राजनीति संवेदनशीलतासँग जोडेर ब्याख्या गरेको राजदुत फिर्ताको वास्तविकता चाही के हो भने– चीनका राजदूत छन् सङ ३ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएका हुन्। उनको बढुवा पनि भएको छ, बढुवाका कारण केही दिन छिटो जान लागेका मात्रै हुन्। यसमा अरु कुनै भूराजनीति देखिदैन् । अमेरिकी राजदूत डिन आर थम्पसन फिर्ताको कारण चाही ट्रम्प प्रशासनले उनीसहित एकै पटक २९ देश राजदुतलाई बोलएको थियो । जसमा थम्पसन पनि परेका हुन् । तर, एमाले महासचिव पोखरेलले मानौ नेपालबाट मात्रै अमेरिकाले राजदुत फिर्ता गर्यो अब बर्बाद नै हुने भयो झै गरेर ब्याख्या गरिरहेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– नेपालको भू राजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदुतहरुको एकसाथ फिर्तिको योजनावाट बुझ्न सकिन्छ । उनको यो स्टाटसमा धेरैले निम्छरो सूचना र विषयको बुझाइ नभएको नेता भन्दै टिप्पणी गरेका छन् ।
पत्रकार राजेश बर्माले उनको स्टाटसमा तिखो टिप्पणी गर्दै कमेन्टमा लेखेका छन्– ‘महासचिवज्यू, घाँस खाएर महासचिव हुनु भएको हो ? एकजना राजदूत कार्यकाल सकिएर र अर्का राजदूत उनको देशको आन्तरिक योजना अनुसार फिर्ता हुन लागेका हुन् । त्यो देशले हामीकहॉबाट मात्र नभएर २९ देशमा खटाइएका राजदूतहरू फिर्ता बोलाएको हो । नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय गराएको होइन है ।’
पत्रकार अनिल गिरी लेख्छन्, ‘महासचिज्यू यस्तो निम्छरो सूचना र जानकारीले एमाले जस्तो राजनीतिक दलको नेता कसरी बनिन्छ ?चीनका राजदूतको कार्यकाल सकिन लागेको थियो र उनको बढुवा पनि भएकोले उनी फिर्ता जाँदै हुन् । अब रह्यो अमेरिकी राजदूतको कुरा । आफ्नो विदेश नीतिको कार्यान्वनका क्रममा ट्रम्पले ३० देशका राजदुत र अरु कूटनीतिक पदाधिकारी फिर्ता बोलाएको मध्य नेपालबाट पनि फिर्ता बोलाइएको हो । अहिलेको सुशीला कार्कीको सरकारसँग असन्तुष्ट भएर चीन र अमेरिकाले राजदूत फिर्ता गरेका होइनन् ।
चीन र अमेरिकाले राजदुत फिर्ता गर्दा यत्रो चिन्ता लिने एमाले महासचिव पोखरेलले आफ्नो देशमा कलिला युवालाई ताकी ताकी छाती र टाउकोमा गोली हानेर मारेको विषयमा भने चुइक्क बोल्ने हिम्मत गरेका छैनन् । भदौ २३ गते २२ जना विद्यार्थी मारिएको विषयमा आजसम्म उनको बोली फुटेको छैन् । बरु मिल्थ्यो भने क्यालेन्डरबाटै भदौ २३ लाई हटाउला झै गरेर हिडिरहेका छन् ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया