२६ मंसिर २०८२
काठमाडौँ — एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा(मलेखु सडक आज र भोलि बन्द नहुने भएको छ । बुधवारबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द गरेर कालोपत्र गर्ने गरी सूचना जारी भएको थियो। बुधबारदेखि दैनिक पाँच घन्टा सडक बन्द गरेर काम समेत सुरु भइसकेको छ।
महाधिवेशनका बेला सडक बन्द हुँदा समस्या हुने भन्दै एमालेनिकट युवा संघले सडक खुलाउन माग गरेपछि शुक्रबार र शनिवारका लागि काम रोकेर सडक पूर्णरुपमा खुला गरिएको हो।
युवा संघको टोलीले बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमानलाई घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुल्ला गरिदिन आग्रह गरेको थियो। शनिवारबाट भक्तपुरमा एमाले महाधिवेशन सुरु हुँदै छ । देशभरिबाट प्रतिनिधिहरू राजधानी आउने भएकाले सडक अवरुद्ध हुँदा समस्या हुने एमालेको भनाइ थियो।
अहिले दुई दिन सडक खुल्ला गर्ने र त्यसपछि पुर्वनिर्धारित कार्यतालिका अनुसार नै सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो । यो सडकको काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया