२६ मंसिर २०८२
काठमाडौँ — एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा(मलेखु सडक आज र भोलि बन्द नहुने भएको छ । बुधवारबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द गरेर कालोपत्र गर्ने गरी सूचना जारी भएको थियो। बुधबारदेखि दैनिक पाँच घन्टा सडक बन्द गरेर काम समेत सुरु भइसकेको छ।
महाधिवेशनका बेला सडक बन्द हुँदा समस्या हुने भन्दै एमालेनिकट युवा संघले सडक खुलाउन माग गरेपछि शुक्रबार र शनिवारका लागि काम रोकेर सडक पूर्णरुपमा खुला गरिएको हो।
युवा संघको टोलीले बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमानलाई घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुल्ला गरिदिन आग्रह गरेको थियो। शनिवारबाट भक्तपुरमा एमाले महाधिवेशन सुरु हुँदै छ । देशभरिबाट प्रतिनिधिहरू राजधानी आउने भएकाले सडक अवरुद्ध हुँदा समस्या हुने एमालेको भनाइ थियो।
अहिले दुई दिन सडक खुल्ला गर्ने र त्यसपछि पुर्वनिर्धारित कार्यतालिका अनुसार नै सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो । यो सडकको काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेको छ ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया