०७ साउन २०८२
काठमाडौं- पाँच दिनअघि मात्रै नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गोतमले जिम्मेवारीवारी बिना लामो समयसम्म पार्टीमा बस्न नसक्ने चेतावनी दिएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।
भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे । काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’ उनले थपे, ‘काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’
गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्र बारे उल्लेख गर्दै उनले भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’
वरिष्ठ नेता गौतम पाँच दिनअघि मात्रै आफ्ना दर्जनौ कार्यकर्तासहित माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनलाई पार्टीमा तेस्रो नेताको हैसियत दिएपनि जिम्मेवारी भने दिइएको छैन् । जसलाई लिएर गोतमले असन्तुष्टि पोख्न सुरु गरेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया