२३ पुस २०८२
काठमाण्डौ – राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल ९जसपा० बिच तालमेल हुने भएको छ ।
यसअघि नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० सहित तालमेलको प्रयास भए पनि अन्तिममा नेकपा गठबन्धनबाट अलग भएको छ । उसले ४ सीट माग्दै आएको थियो । तर सहमति नजुटेको नेताहरुले बताएका छन् ।
कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको नेताहरुले बताएका छन् । त्यसअनुसार जसपा नेपालबाट महन्थ ठाकुरको नाम लगभग तय भएको छ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले आफ्ना ९ उम्मेदवार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालेले रोशनी मेचे, सोम पोर्तेल, रेखा झा, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । गठबन्धन नगर्ने अवस्थामा पुगेको नेकपा अहिले छलफलमा छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया