०१ असार २०८३
काठमाडौं- नेपालीमा एउटा उखान छ, अति गरे खति हुन्छ, अर्थात् अति गरे पछि क्षति निश्चित छ । नेकपा एमालेभित्र आज त्यस्तै एउटा अति को अन्त्य हुन लागेको संकेत देखिएको छ ।
म हुँदासम्म अध्यक्षको कुर्सी खाली हुँदैन भनेजसरी प्रस्तुत भएका, एमाले भनेकै मै हुँ र म भनेको नै एमाले हो भन्ने अहंकार देखाउँदै आएका अध्यक्ष केपी शर्मा ओली पूर्वविरामको डिलमा पुगेका छन् । जेनजी आन्दोलनमा लखेटिदा, पार्टीले जलास्पद हार बेहोर्दा, पक्राउ नै परेर हिरासत बस्दा पनि नचेतेका ओलीकै कारण एमाले तेस्रो पटक फुटको संघारमा पुगेको छ । कुनै बेला आफ्नै सारथिहरूलाई टीका लगाएर पद बाँड्ने अध्यक्ष केपी शर्मा ओली आज आफ्नै १९ सदस्यीय सचिवालयमा अल्पमतमा परेका छन्। विष्णु पौडेल र शंकर पोखरेल जस्ता खम्बा मानिने नेताहरूले साथ छोडेपछि ओलीको सत्ता हल्लिएको छ । ओलीको दम्भले एमालेलाई इतिहासकै तेस्रो र सबैभन्दा विष्फोटक फुटतर्फ धकेलेको छ ।
एमालेको इतिहास विभाजनको चोटले भरिएको छ। २०५४ सालमा महाकाली सन्धिको रापले वामदेव गौतम चोइटिए। २०७८ सालमा ओलीको कार्यशैली र संसद विघटनको हठले माधव नेपाल समुह बाहिरियो । तर अहिले हुन लागेको यो सम्भावित फुट विगतका भन्दा फरक छ। यो कुनै सैद्धान्तिक लडाइँ होइन, यो त ओलीको मै राज्य हुँ भन्ने दम्भ र पद नछोड्ने अहंकार विरुद्धको विद्रोह हो।
१९ सदस्यीय सचिवालयमा ओली आज कति निरीह छन् भने, उनलाई साथ दिनेमा अब बादल र लेखराज भट्ट जस्ता पूर्व माओवादी र महेश बस्नेत जस्ता केही सिमित पात्र मात्र बाँकी छन्। ११ औँ महाधिवेशनमा ओलीले नै जिताएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले अहिले ओलीलाई सत्ताच्युत गर्न मोर्चाबन्दी कडा पारेका छन्। आफ्नै सारथिहरूले साथ छोडेपछि विचलित बनेका ओली अहिले केन्द्रीय सदस्य र तल्लो तहका नेताहरूलाई फकाउन कसरत गरिरहेका छन्। अध्यक्ष पद जोगाउन अन्तिम संघर्ष गर्दैछन् । अरुलाई पार्टी फुटाउन लागेको भन्दै कारबाहीको धम्की दिइरहेका छन् ।
जेठ ३१ गते भक्तपुरको गुण्डुस्थित निवासमा ओलीले बागमती प्रदेशका नेताहरूलाई बोलाएर आफ्नो असुरक्षा यसरी पोखे कि, जसले उनको सत्ताप्रतिको आशक्तिलाई नाङ्गो पारिदियो। ओलीले भने– म कुनै हालतमा पद छोड्दिनँ, मलाई कसैले हटाउन सक्दैन।
पार्टी बनाउने बेला म ढलेँ भने ढलेँ, शिर झुकाउँदिनँ, भन्ने ओलीको यो ठाडो शिर वास्तवमा पार्टीका लागि होइन, आफ्नै कुर्सीका लागि मात्र हो भन्ने अहिले प्रष्ट भएको छ। आफ्नै उपाध्यक्ष र महासचिवलाई लोभीपापी को संज्ञा दिनु र उनीहरूले पार्टी फुटाउन लागेको आरोप लगाउनुले ओलीको मानसिक हारलाई पुष्टि गर्छ। जब पार्टी पुनर्गठनका लागि सुझाव संकलन भइरहेको छ, तब अध्यक्ष आफैँले विशेष महाधिवेशन बाट हटाइने डरले नेताहरूलाई तर्साउनु थालेका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया