११ वैशाख २०८३
काठमाडौं - काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो । यसअघि बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ ।
सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्न आग्रह गरिरहेका छन् ।
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
प्रतिक्रिया