१२ जेठ २०८३
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०लाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन् । यही मागका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो ।
१५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका छन् । यस क्रममा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता सत्तारुढ रास्वपाका नेताहरूले गरेका हुन् ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने प्रतिनिधिसभा नियमावलीमा छ । यस व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका हुन् ।
नेताहरूका अनुसार प्रतिनिधिसभाको बैठकमा सत्तापक्षले संसद बैठकमा प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्ने विषयमा छलफल भएको छ । रास्वपाका तर्फबाट मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्ने तयारी छ ।
सत्तापक्षले प्रधानमन्त्रीका तर्फबाट हासउमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले सदनको अवरोध हटाउनेगरी सहमतिको प्रयास भएको छ ।
बैठक स्थगित भएपछिको बसेको छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेसबाट प्रमुख सचेतक बासना थापा, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृतिबाट सांसद आरेन राई र राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली उपस्थित थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया