२८ माघ २०८२
काठमाडौं- नेपाली कांग्रेसले सामाजिक सञ्जालको चर्चा गरेजस्तो अवस्था भूगोलमा नरहेको बताएको छ । आज अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् ।
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन साहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नुहुन्छ रु भनेर सोधेका थिए । जवाफमा उनले ‘सामाजिक सञ्जाल र वास्तविकबीच धेरै भिन्नता रहेको’ बताए ।
चालिसेले रास्वपा सभापति रवि लामिछाने र बालेनको सहकार्य लामो समय नटिक्ने ठोकुवासमेत गरेका छन् । ‘रवि र बालेनको जुन प्रंसग छ, उनीहरूको रहरले गठवन्धन बनेको होइन’, उनले भने, ‘यो त गराइएको गठनवन्धन हो, यसको भर छैन, केही समयमै नतिजा हामीले देखिहाल्छौँ ।’
रास्वपाले रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्राएको चालिसेको ठहर छ । ‘सहकारी ठगीमा मुछिएर एउटाको आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको मात्र न हो, त्यो पार्टीको के कुरा गर्नु’, उनले सुनाए ।
उता, सभापति थापाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो रिर्पोट बुझाउनुपर्ने व्यवस्थाको थालनी गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ बाट उठेका उनले स्थानीय मतदातासँग कुराकानी गर्दै अब पुरानो प्रवृतिले मुलुक नचल्ने बताए ।
चुनाव जितेर काठमाडौँ जाने जनप्रतिनिधि पाँच वर्षपछि मात्र गाउँ फर्किएको उदाहरण सुनाउँदै भने, ‘अब फागुन २१ मा चुनाव हुन्छ, चैत पहिलो हप्ता नयाँ सरकार बन्छ, अनि बन्ने प्रधानमन्त्रीले पाँच वर्षको लागि होइन, एक महिनामा के के काम गर्ने हो, त्यो लिस्ट देखाउनुपर्छ, अनि बैशाख १ गते जनतालाई सम्बोधन गर्दै रिर्पोट देखाउनुपर्छ, त्यसैगरी जेठ १ गते अर्को महिनाको रिर्पोट लिएर जनताको नाममा सम्बोधन गर्नुपर्छ, प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो मासिक कामको रिर्पोट बुझाउनुपर्छ, र त्यो कामको थालनी कांग्रेसबाटै हुन्
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया