०४ चैत २०८२
काठमाडौं- झन्डै २ तिहारास्वपाको सरकार कहिले बन्छ रु बालेन शाहले प्रधानमन्त्रीका रुपमा कहिले सपथ लिन्छन् रु धेरैले धेरै मिति तोक्दै अनुमान गरिरहदा बालेन प्रधानमन्त्री बन्ने समय लम्बिदलै गएको छ । उनी चैत १३ अघि प्रधानमन्त्री नबन्ने करिव निश्चित भएको छ ।
यसअघि चैत १० गते भित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा चैत १३ अगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित भएको छ । स्वयम बालेनले पनि चैत १० गते प्रधानमन्त्रीका रुपमा सपथ लिन चाहेका थिए । तर, संसद् सचिवालयले चैत १२ गते मात्रै सबै सांसदहरुलाई सपथ खुवाउने तयारी गरेको छ । सांसद्को रुपमा सपथ लिएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने र दलको नेताले प्रधानमन्त्रीको सपथ लिने बताइएको छ ।
कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । तर, रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । सोही अनुसार चैत १२ गते सांसद्को सपथ लिने र १३ गते दलको नेता चयन गर्ने रास्वपाको योजना छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १२ चैतमा सांसदको शपथ भए १३ मा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरिनेछ । त्यसको जानकारी राष्ट्रपतिलाई गराइनेछ । त्यसपछि राष्ट्रपतिले सोही दिन वा भोलिपल्ट १४ चैतमा प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । यो हिसाबले हेर्दा देशले चैत १५ भित्र नयाँ सरकार पाउन सक्ने रास्वपाका नेताहरू बताउँछन् । मिलेसम्म चैत १३ गते नै प्रधानमन्त्रीको सपथ लिनेगरी तयारी भएको छ । १३ गते रामनवमीको दिन दलको नेता चयन भए बालेन सोही दिन प्रधानमन्त्रीको सपथ लिने मनस्थितिमा रहेको उनी निकट नेताहरुको भनाइ छ । बिहान दलको नेता चयन गर्ने र दिउसो प्रधानमन्त्रीको सपथ लिने गरी प्रक्रिया अघि बढ्ने सक्ने ती नेताले बताए । उनले भने– प्रक्रियाको अल्झन सकिएपछि एक मिनेट पनि ढिला गर्नु हुन्न भन्ने पक्षमा वरिष्ठ नेता ज्यू हुनुहुन्छ । फेरि रामनवमीको दिन परेकाले १३ गते नै प्रधानमन्त्रीको रुपमा सपथ लिने सम्भवान बलियो छ ।
निर्वाचन आयोगले चैत ५ गते अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै छ । आयोगका प्रवक्ता नारायण भट्टराईले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेर राष्ट्रपतिसमक्ष अन्तिम मतपरिणाम प्रतिवेदन पेस गरिने बताए । यसका लागि राष्ट्रपति कार्यालयसँग समय लिइसकिएको छ ।
आयोगले अन्तिम परिणाम प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने कानुनी व्यवस्था छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । संसद् सचिवालयले सरकार र प्रमुख दल ९रास्वपा०सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ ।
कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ । यद्यपि, सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । सरकार गठनमा शपथ प्रधान हुँदैन । तर, रास्वपाले प्रक्रियाअनुसार पहिला संसद् सदस्यको शपथ लिने र त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । जसका कारण बालेन शाह प्रधानमन्त्री बन्ने समय थप पर धकेलिएको छ ।
मिलेसँगै प्रधानमन्त्रीसँगै एकै साथ सबै मन्त्री वा कम्तिमा आधा मन्त्रीहरुलाई सपथ गराउने गरी रास्वपाले तयारी गरेको छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डा। स्वर्णीम वाग्ले र डीपी अर्यालबिच भावी सरकार कस्तो बनाउने, कस्ता व्यक्तिलाई मन्त्री बनाउने, सरकार बनेलगत्तै के कस्ता काम सुरु गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ ।
रास्वपा नेताहरूका अनुसार बालेन नेतृत्वमा बन्ने सरकारमा अर्थमन्त्रीका रूपमा उपसभापति डा। स्वर्णीम वाग्ले रहने लगभग निश्चित भए पनि गृह, रक्षा, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालयमा कसलाई लैजाने भन्ने सभापति लामिछाने र शाहबिच छलफल गरेर टुङ्ग्याउने तयारी भएको बताइएको छ । यद्यपि गृहमन्त्रीका रूपमा उपसभापति डीपी अर्याल, काठमाडौँ–३ बाट चुनाव जितेका र बालेनका विश्वासपात्र मानिएका राजुनाथ पाण्डे तथा ओखलढुंगाबाट चुनाव जितेका विश्वराज पोखरेलसहितको नाम चर्चामा छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया