०३ असोज २०८२
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गरेकीछिन्। संविधान दिवसको अवसरमा आज काठमाण्डौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गरिन ।
उनले निस्पक्षरूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरिन्। जेन–जी युवाको नेतृत्वमा भएको आन्दोलनको मार्गदर्शन अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सालको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत सहभागी थिए।
पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत संविधान दिवसको मूल समारोहमा सहभागी भएनन् ।
विभिन्न दलले आफ्नै पार्टी कार्यालयमा संविधानको रक्षाका लागि खबरदारी गर्दै संविधान दिवस मनाएका छन् । सैनिक मञ्च टुँडिखेलको कार्यक्रममा यसपाली विगतमा जस्तो साँस्कृतिक झाँकीलगायत कार्यक्रम भएनन् । संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते घोषणा भएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया