१३ माघ २०८२
काडमाडौं - बालेन जहाँ जहाँ जान्छन् त्यहा जनताको भिड उर्लिन थालेपछि र अपत्यारिलो ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल बनेपछि एमाले र कांग्रेस अघोषित गठबन्धन गर्ने तयारीमा जुटेका छन् ।
रास्वापका वरिष्ठ नेता बालेन शाहलाई हराउदैका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापालाई जिताउनकै लागि दुई दलले अघोषित रुपमा केहि निर्वाचन क्षेत्रमा तालमेलको तयारी गरेका छन्।
झापा– ५ मा एमाले अध्यक्ष ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन शाह भिड्दै छन् । २०७०, ७४ र ७९ मा सहजै जित हात पारेका ओली यसपटक बालेनको क्रेज देखेर झस्किएका मात्रै छैनन् हार्ने त्रासले छट्पटिन थालेका छन् । उनले मतदाता फकाउन र कार्यकर्तालाई आश्वस्त पार्न वडा वडामा कार्यक्रम गर्दैछन् । तर, ओलीलाई उनकै कार्यकर्ताले धमाधम छाड्न थालेका छन्। यस्तो अवस्थामा खतरा महशुस गरेका ओली कांग्रेसलाई फकाएरै भएपनि जित निकाल्न खोजिरहेका छन्। पुनः प्रधानमन्त्री बन्ने आकांक्षा बोकेका उनी कुनै पनि हालतमा बालेनलाई हराएर जित्ने दाउपेच गरिरहेका छन् ।
यता काठमाडौं छाडेर मधेश झरेका नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन थापा पनि जोखिममा देखिएका छन् । सर्लाही–४ बाट उम्मेदवार बनेका गगन यसअघिजस्तो सजिलै जित्न सकिने अवस्थामा छैनन् । कांग्रेसबाटै विद्रोह गरेर एक्लै उठ्दा पनि २०७९ को चुनाव जितेका अमरेश कुमार सिंह उनका मुख्य चुनौती हुन्। जो यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
देशैभर अझै मधेशमा रास्वपाको पक्षमा जनलहर उर्लिरहेका बेला फेरि अमरेश बाजी मार्नसक्ने आकंलन गर्दै गगन पनि एमालेसँग तालमेल गर्ने मूडमा पुगेका छन्। गगन थापालाई कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्रीको भावी उम्मेदवार बनाएको छ । पार्टीमा गरेको विद्रोहलाई स्थापित गरेका गगन कुनै हालतमा चुनाव हार्न चाहदैनन् । उनी चुनाव जित्न मात्रै होइन नयाँ शक्तिका रुपमा उदाउन खोजेको रास्वपा र बालेनलाई पनि रोक्न चाहिरहेका छन् ।
आफू जित्ने र रास्वपा–बालेनलाई रोक्ने उद्देश्य मिलेसँगै ओली र गगनले भित्र भित्रै सहकार्यको तयारी गरेका छन् । उनीहरु खासगरी झापा– ५ र सर्लाही ४ मा एकले अर्कालाई अघोषित ढंगले सहयोग गर्ने रणनीति बनाइरहेको स्रोतले बताएको छ। स्रोतका अनुसार, झापा र सर्लाहीजस्ता क्षेत्रमा एकअर्कालाई सघाउने रणनीतिमा प्रारम्भिक छलफल समेत भइसकेको छ। प्रभावशाली रास्वपा उम्मेदवार मैदानमा आएपछि हारको जोखिम टार्न दुबै दल नजिकिँदै गएको संकेत देखिएको छ भने यसलाई धेरैले बालेन हराउने ओली र गगन ग्राण्ड डिजाइन भन्न थालेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया