०८ वैशाख २०८३
काठमाडौं - बिचौलिया बनेर सामराज्य खडा गरेका, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग शंखर ग्रुपपछि गोल्छा अर्गनाइजेशनको पनि साँठगाँठ खुलेको छ ।
छानविनबाट गैरकानूनी धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन पनि तानिएको छ । धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिबाट भट्टबाट भएका धितोपत्रहरूको खरिद र बिक्रीको सम्बन्धमा विस्तृत सुपरीवेक्षण गरेपछि उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत दोषी ठहर भएका हुन् ।
धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले दीपक भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने तथा उनीसँग सम्बन्धित विभिन्न कम्पनी र तीनका सञ्चालकलाई दिनुपर्ने रकम नदिई त्यस रकमबाटै धितोपत्रको राफसाफ गर्ने गरेको सन्दर्भमा छानबिन भएको थियो ।
छानबिन समितिले दीपक भट्टसहित भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी देखाएको छ । उनीहरूसहित शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाहलाई पनि सो प्रकरणमा आरोपी बनाएको छ । कसूर गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रिइन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई पनि कारबाहीको दायरामा पारिएको छ ।
कम्पनीको नाममा लिएको लोन दीपक भट्टलाई ४३ करोड दिएको खुलासा भएपछि सिआइबीले शंखर ग्रुपका शंखर अग्रवाल र सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । बाबु शंखर छुटेपनि छोरा सुलभ भने अहिले पनि हिरासतमा छन् । गैरकानूनी धितोपत्र कारोबारमा दोषी दिएकाहरु पनि पक्राउ पर्ने सम्भावना उच्च बनेको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया