२७ फागुन २०८२
स्याङ्जा - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेस गर्न भनिएको छ ।
खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौं वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जारी गरेको सूचनामा सबै सम्बन्धित उम्मेदवारलाई तोकिएको प्रक्रियाअनुसार खर्च विवरण सार्वजनिक गरी पेस गर्न अनुरोध गरिएको छ ।
निर्वाचन कार्यालयले जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया